जनकपुर प्रादेशिक अस्पताल कोरोना उपचारको तयारी अवस्थामा
नेपालबहस संवाददाता
चैत १५, २०७६ आइतबार ३:८:१२
१५ चैत, काठमाडौं । प्रदेश नं २ को राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट(पीपीई) उपलब्ध गरे आइतबारदेखि सेवा दिन तयारी अवस्थामा रहेको जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले सम्भवतः आइतबारदेखि प्रादेशिक अस्पतालले सेवा शुचारु गर्ने गरि तयारी गरेको बताउँदै यसका लागि आकस्मिक बैठक पनि बोलाइएको जानकारी दिएका छन् । उनले विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रादेशिक अस्पतालले आन्तरिक तयारी पुरा गरिसकेको जानकारी दिए ।
डा. यादवले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अस्पतालका सम्पूर्ण वार्डको सेवा बन्द गरेर अहिले आकस्मिक सेवा मात्र सञ्चालन गरिएको बताएका छन् । उनले एक जना पोजेटिभ देखिएको खण्डमा एक दिनमा मात्र थर्ड लेयरको (पीपीइ) दैनिक रुपमा २५ देखि ३० आवश्यक रहेको तर आफूहरुसँग अहिले निक्कै कम भएकाले थप सामानको माग गरिएको जानकारी दिएका छन् ।
उनले भने, “कोरोना भाइरसविरुद्ध लड्न तथा आम जनतालाई सेवा दिन हामीहरु दृढ सङ्कल्प सहित तयार छौ ।” उनले जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, ए आइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरको रिजर्भ पुल निर्माण गरिसकेको बताएका छन् ।
ज्वरो क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र संभावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई काम गर्न खटाइसकिएको डा। यादवले बताएका छन् । उनले चिकित्सक तथा पारामेडिकल कर्मचारीका लागि चाहिने सामानको जोहो गरिदिन सङ्घ तथा प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार