लकडाउन नै अचूक औषधि
इन्द्र रिजाल
चैत १६, २०७६ आइतबार १५:५:५८
सम्पादकीय
१६ चैत्र, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा भरपर्दाे उपायका रुपमा सामाजिक दूरी नै रहेकोमा अब दुई मत रहेन । शुरुमा चीनको बुहान शहरमा फैलिएको भाइरस नियन्त्रण गर्न चिनियाँ सरकारले यही नीति अख्तियार ग¥यो । नभन्दै यो उपाय ज्यादै प्रभावकारी देखियो ।
त्यसपछि भाइरसको उपद्रव पश्चिम युरोपतिर देखाप¥यो । तर उनीहरुले वास्ता गरेनन् । जसले गर्दा इटालीलगायत बेलायतसम्मको हालत टिढलाग्दो बनेको छ । स्पेनमा त हिजो मात्रै राजकुमारीसमेतको निधन भइसकेको छ । उता, बेलायतका युवराज चाल्र्स, प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्य मन्त्रीसमेत कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिले भने पश्चिमा देशले लकडाउन नै भरपर्दाे र प्रभावकारी उपाय रहेको भन्दै त्यही पथ पच्छ्याएका छन् । इटाली, स्पेन, बेलायत मात्र नभई रुसले समेत लकडाउन गरेको छ ।
यति हुँदापनि महाशक्ति अमेरिका भने लकडाउन नगर्ने मनस्थितिमा थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका लकडाउनमा नजाने भन्दै चीनको खिल्ली उडाउनमै व्यस्त रहेका थिए । त्यही भएर अमेरिकामा समेत नागरिक जथाभावी सडकमा निस्कने र सार्वजनिक स्थलमा मनमौजी गर्न अभिशप्त रहे । त्यसको फल अहिले अमेरिकी जनताले भोगिरहेका छन् । झण्डै सवा लाख त भाइरसबाट संक्रमित भईसकेका छन् । यसको आधा हिस्सा केवल न्यूयोर्क शहरले मात्रै थेग्नु परेको छ ।
आजै बिहान मात्रै लकडाउन उल्लघंन गर्ने करिब सातसय प्रहरी कारबाहीमा परेका छन् । यसले हामी अझै ठूलो जोखिममा रहेको स्पष्ट गर्छ । आफू पनि जोगिउँ, अरुलाई पनि बचाउँ । अहिलेलाई लकडाउनबाटै कोरोना भाइरसलाई परास्त गर्न अग्रसर होऔं ।
अब भने राष्ट्र«पति ट्रम्पको घैंटोमा घाम लागेको छ । हिजो मात्र उनले ठूलो धनराशी विनियोजन गरे कोरोना भाइरस विरुद्ध लड्न । यतिमात्र होइन, हिजै उनले अब भाइरसबिरुद्धको लडाईं जित्न मानिसलाई क्वारेण्टाइनमा राख्नुपर्ने अवस्था आएको स्वीकार गरे । यति गर्न उनी विवश भए । तर समय धेरै ढिला भईसकेको छ । लाखौंको संख्यामा मानिस संक्रमित भएका छन् भने हजारौंको ज्यान गइसकेको छ । बल्ल अमेरिकी जनताले लकडाउनको अर्थ र प्रभावकारिता बुझेका छन् ।
यो अवस्थालाई दक्षिण एशियाली मुलुकले भने अलि बढी र चाँडै अनुभूत गरेको पाइयो । नेपाल लगायत धेरै देशमा अहिले पूर्ण लकडाउनको अवस्था छ । भारतमा त तीन साताको लकडाउन भएको छ । नेपालमा अहिले एकसाताको लकडाउन छ । भोलिसम्मका लागि लगाइएको लकडाउन पुन थप्नुपर्ने अवस्था सबैले ठानेका छन् । तर यस्तो अवस्थामा समेत केही मानिस भने लकडाउनलाई राजनीतिक दलको बन्द कार्यक्रम जति पनि महत्व दिइरहेका छैनन् ।
नेपालमा लकडाउनको आज छैटौं दिन, अधिकांश मानिस घरमै बसेर पालना गर्दैछन्, तर केही व्यक्ति अझै खेलाचीं सम्झेर सडकमा घुमिरहेका छन् । पाँच जनामा त संक्रमण पुष्टी भईसकेको छ । अझै परीक्षण गर्दा कस्तो नतिजा आउने हो भन्न सकिन्न । त्यसैले संयमता नै यो महामारीबाट बच्ने एकमात्र अस्त्र हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । नबुझ्दा आपूmलाई मात्र नभई पूरा परिवार र समुदाय अनि राष्ट्र नै ठूलो जोखिममा पर्ने अवस्था छ ।
आजै बिहान मात्रै लकडाउन उल्लघंन गर्ने करिब सातसय प्रहरी कारबाहीमा परेका छन् । यसले हामी अझै ठूलो जोखिममा रहेको स्पष्ट गर्छ । आफू पनि जोगिउँ, अरुलाई पनि बचाउँ । अहिलेलाई लकडाउनबाटै कोरोना भाइरसलाई परास्त गर्न अग्रसर होऔं ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकसरी हुन्छ नेपाल टेलिकमको लाइसेन्स नवीकरणः कानुनमा अडचन छ, आर्थिक लाभ हेर्छन् कर्मचारी ?
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६५८, एमाले १६३०, स्वतन्त्र ४३० र रास्वपाः ३०८ मत
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार