कोरोना उपचारमा खट्यिका स्वास्थ्यकर्मीको मृत्यु भए परिवरलाई राहत उपलब्ध गराइने
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १५:८:३३
१६ चैत, ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरपालिका प्रमुख गजेन्द्र महर्जनले उक्त रोगबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सो योजना अघि बढाइएको बताएका छन् । उनले भने, “हाल कोरोना भइरसका कारण पूरै देश लकडाउन भइरहेको अवस्थामा उक्त रोगसम्बन्धी उपचार, रोकथाम, जनचेतना फैलाउने कार्यमा नगर क्षेत्रभित्र खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सो रोगबाट सङ्क्रमित भई उपचार गर्नुपरेमा हामीले निःशुल्क उपचार गर्ने समेत निर्णय गरेका हौ ।”
मुलुकमा लकडाउन अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोलटोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन दिने निर्णय पनि नगरपालिकाले गरेको छ । यसैगरी गोदावरीले आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन रु ५०० का दरले प्रोत्साहनभत्ता उपलब्ध गराउने निर्णय गरेको महर्जनले जानकारी दिएका छन् । नगरपालिकाले दिनानुदिन बढिरहेको जोखिमलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित राख्न अत्यावश्यक कामका लागि प्रत्येक वडालाई रु दुई लाख बराबरको खर्च दिने निर्णय गरेको छ ।
यसैगरी गोदावरीले लकडाउनको समयमा यहाँ रहेका अपाङ्गता भएका महिला, छ महिनासम्मको सुत्केरी, दैनिक ज्याला मजदुरी गरी यसैबाट जीवन निर्वाह गर्न बाध्य श्रमिक तथा मजदुर र एकल महिलाको विवरण सङ्कलन गरी विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार