सेतो रेनकोटलाई पीपीइको रूपमा उपयोग गर्दै स्वास्थ्यकर्मी उपचारमा खटिन बाध्य
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १५:३४:५५
१६ चैत, झापा । भजी द्रपुरमा निक्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ । जसमध्ये चार आइसीयूमा भर्ना छन् । चिकित्सक र अन्य स्वास्थ्यकर्मी भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ)को रूपमा उपयोग गर्दै बिरामीको उपचारमा खटिन बाध्य छन् ।
अस्पतालका निर्देशक बालकुमार पोखरेल व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै चिकित्सक र नर्सहरुले कोभिड–१९ सङ्क्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको बताउछन् । सय बेडको सो अस्पतालमा १० वटा आइसियु र दुईवटा भेन्टिलेटर रहेको छ ।
“बजारबाट शुरुमै १५ सेतो रेनकोट ल्याएका थियौँ, त्यसैलाई पिपीइ ठानेर काम चलाइरहेका छौँ”, व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव खट्किएको बताउँदै अस्पतालका निर्देशक पोखरेल भन्छन्, “पिपीइ र ग्लोब्स बजारमा पाइँदैन, सरकारले दिन सकेको छैन ।” उनले अत्यावश्यक औषधि र सामानको अभावमा निःशुल्क डाइलासिस सेवासमेत प्रभावित हुने समस्या दर्शाएका छन् । अब सातामा दुईपटक डाइलासिस सेवा पाइरहेकालाई एकपटक मु्स्किलले दिन सकिने अवस्था उत्पन्न भएको उनले बताएका छन् ।
नेपालमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएपछि झापाका सबै अस्पतालमा रोकथाम र निसङ्क्रमणका लागि सावधानी अपनाउन थालिएको हो । अस्पतालका कर्मचारीले प्रवेशद्वारमै बिरामीको अवस्था र समस्याका बारेमा सामान्य सोधपुछ गर्न थालेका छन् । तर, अस्पतालले इमर्जेन्सी बिरामी भर्ना लिने र उपचार गर्ने क्रम सतर्कतापूर्वक जारी राखेका छन् ।
विर्तामोडको ८०० श्ययाको सुविधासम्पन्न बीएण्डसी टिचिङ अस्पतालमा बिरामीबाहेकका आफन्त र सवारी चालकलाई अस्पताल प्रवेशस्थलमै निसङ्क्रमणका लागि हात धुन लगाउने वा स्यानिटाइजर प्रयोग गर्न लगाउने अनिवार्य व्यवस्था मिलाइएको छ । “हामीकहाँ अहिले सामान्य वार्डमा १०५ जना बिरामी भर्ना छन्”, बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले रासससँग भन्नुभयाmे “आईसीयूमा १५ र सघन उपचारकक्षमा १० जनाको उपचार भइरहेको छ । हाडजोर्नी, न्यूरो र गाइनोको शल्यक्रिया पनि चालू छ ।”
कोरोना भाइरसबाट सङ्क्रमित बिरामीलाई छुँदा र उपचार गर्दा सावधानी अपनाउन सकिएन भने स्वास्थ्यकर्मीलाई नै सबैभन्दा पहिला सङ्क्रमण हुने भएकाले व्यक्तिगत सुरक्षा सामान (पीपीइ)को अविलम्ब पर्याप्त व्यवस्था गरिनुपर्ने बीएण्डसी अस्पतालमा कार्यरत डा लक्ष्मण ठाकुरले बताएका छन् ।
अस्पतालले उच्च ज्वरो आएका बिरामीलाई ढोकाबाटै फर्काउन थालेको गुनासो सामाजिक सञ्जालमा फैलिन थालेको छ । तर, अस्पतालहरुले बिरामी फर्काएको नभएर आफूसँग सम्बन्धित विषयविज्ञ चिकित्सक नहुदा अर्को अस्पतालमा लैजान सुझाव दिएको बताउँछन् । विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले गाइनो, अर्थोपेडिक, इमर्जेन्सी र सामान्य बिरामीलाई लकडाउनका बेला निर्वाध सेवा प्रदान गरिरहेको जनाएको छ । अस्पतालका निर्देशक रोमणि भट्टराईले आइसीयूमा एक गरी २० बिरामी भर्ना गरेर उपचार भइरहेको बताएका छन् ।
सय श्ययाको सो अस्पतालमा सात सघन उपचारकक्ष, दुई भेन्टिलेटर र तीन अति सघन उपचारकक्ष (एनआइसीयू) रहेका छन् । “लकडाउन भएको सङ्कटको अवस्थामा उपचार सेवा रोकेका छैनौँ”, मनमोहन अस्पतालका निर्देशक भट्टराई भन्छन्, “व्यक्तिगत सुरक्षाका सामग्री नभएका कारण स्वास्थ्यकर्मी डराउँदै काम गरिरहेका छन् ।” आफैले बनाएका ४० पिपीइ स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दिइए पनि त्यस्ता सामग्री कतिको भरपर्दो हुन् भन्नेमा प्रश्न उठिरहेको उनी बताउछन्।
ढोका खुला राख्दा ज्वरो (तापक्रम) ननापी ह्वारह्वार्ती मानिस प्रवेश गर्ने भएको हुँदा कोभिड–१९ को त्रास फैलिएदेखि नै अस्पतालले मुख्य प्रवेशद्वारमा हात धुने र स्यानिटाइजर हातमा दलेर मात्र बिरामीका आफन्तलाई भित्र जान दिने व्यवस्था मिलाएको उनले बताएका छन् । ठूलो जोखिम मोलेर स्वास्थ्यकर्मीले सङ्कटका बेला सेवा दिइरहेको उनको भनाइ छ । सरकारले जाँच्ने किट र पिपीइ उपलब्ध गराएमा आफ्नो अस्पताल कोरोना भाइरसको उपचार गर्न सक्षम रहेको उनले दाबी गरेका छन् ।
झापाको बीएण्डसी अस्पतालले कोरोना भाइरसको उपचारका लागि सरकारलाई अस्पताल नै दिन तयार रहेको घोषणा गरिसकेको छ । तर, अस्पतालमा हाल पिपीइ, ग्लोब्स र मास्ककै समेत अभाव छ । “कोभिड–१९ जाँच्ने किट र व्यक्तिगत सुरक्षाका लागि पिपीइ सरकारले दिए हामी कोरोना भाइरस सङ्क्रमण भएको हो कि होइन भन्ने जाँच गर्न र कोरोनाका बिरामीको उपचार गर्न तयार छौँ”, बीएण्डसी अस्पतालका मेडिकल डाइरेक्टर निराजन पराजुलीले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीय अस्पतालबाट पिपीइ, ग्लोब्स र मास्कको अभाव हुँदाहुँदै उपचार सेवा प्रदान भइरहेको बताए । उनले अस्पताललाई ढोका बन्द नगर्न, ओपिडीबाहेकका उपचार सेवा नरोक्न र उपचारका लागि आउने बिरामीलाई नफर्काउन निर्देशन दिँदै व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ)को बन्दोबस्तका लागि पहल भइरहेको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार