सङ्क्रमणबाट नगरवासीलाई बचाउन सबै वडाका ‘क्लोरिन स्प्रे’
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार १५:१२:४१
१७ चैत्र, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरेको छ ।
क्लोरिन स्प्रे गरेपछि २४ घण्टासम्म कीटाणुबाट बच्न सकिने भएकाले त्रासबाट नागरिकलाई बचाउन सकिने चिकित्सकको सल्लाहअनुसार नगरापालिकाका वडा नं ५, ६, ७ र ८ क्षेत्रमा छर्की सकिएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए । आज नगरपालिकाका वडा नं ९, ४, ३, २ र १ मा पनि क्लोरिन छर्कने कार्यक्रम रहेको पनि उनले सुनाए।
खाद्यान्न अभाव हुन नदिन १० हटलाइनको व्यवस्था गरी नगरपालिकाको वेबसाइटमा राखिनुका साथै सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसका कारण अत्यावश्यक खाद्यान्नका लागि नगरवासीले चिन्ता लिनुनपर्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
बाहिरका मानिस प्रवेश निषेध
नगरपालिकाको वडा नं ३ साविकको बालुवा गाविसका स्थानीयवासीले सूचना टाँस गरी बाहिरबाट आउने मानिसलाई वडाभित्र प्रवेशमा रोक लगाएका छन् । बाहिरबाट आएका मानिसका माध्यमबाट वडावासीमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावना देखिएकाले यस्तो गर्नुपरेको स्थानीय राजकुमार केसीले राससलाई बताए ।
यज्ञडोल ‘जगडोल’ सामुदायिक वनको राष्ट्रिय शहीद स्मारक निर्माणस्थलमा बिहान धेरै मानिस प्रभातीय हिँडडुलमा आउने क्रम नरोकिँदा सङ्क्रमण फैलन सक्ने खतरालाई न्यून गर्न यसो गरिएको हो । स्थानीवासीले प्रहरीलाई समेत खबर गरेपछि हाल गस्ती बढाइएको छ ।
कोरोनाको खतरा अन्त्य नभएसम्म घरघरमा आउने पाहुनाका लागि पनि निषेध गरिएको सूचनामा उल्लेख छ । वडाध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गठन भएको विपद् व्यवस्थापन उपसमितिले विदेशबाट आएका मानिस छन् कि भनी खोज अभियानसमेत सञ्चालन गरेको थियो । पहिलो चरणको खोज अभियानबाट विदेशबाट आएका मानिस वडामा बसेको नभेटिएको वडाध्यक्ष भण्डारीले बताए ।
प्रसूति हुने महिला, कोरोनाको लक्षण देखिन सक्ने बिरामी र अन्य गम्भीर रोग लागी तत्काल अस्पताल जानुपरेमा सवारी साधन तयारी अवस्थामा राखिएको पनि उनले सुनाए । स्थानीयवासी खेतीपातीको कामसमेत नगरी घरभित्रै बसेका छन् । खाद्यान्न पसल बिहान बेलुकीमात्र खोली भीडभाड नगर्न पनि वडा कार्यालयले आह्वान गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार