कोरोनाको जाँचका लागि सामग्री अभाव, स्वास्थ्यकर्मी जोखिम मोलेरै उपचार गर्दै
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार १६:९:९
१७ चेत्र, ठिनी । कोरोना सङ्क्रमणको आंशकमा जाँचका लागि आउने बिरामीका लागि आवश्यक पर्ने चिकित्सकीय सामग्री नभएको स्वास्थ कार्यालय मुस्ताङले जनाएको छ ।
कार्यालय प्रमुख टीकाराम भण्डारीले भने, “हामीसँग चिकित्सकका लागि आवश्यक प्रोटेक्टेट कपडा, पिपीइ मास्कलगायत सामग्री छैनन्, अहिले हामी कोरोना भाइरसको कुनै बिरामीको उपचार तथा जाँच गर्न सक्ने अवस्थामा छैनौँ ।” हिमाली जिल्ला मुस्ताङमा उपचार सामग्री अभाव हुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेरै उपचार गर्दै आएका छन् ।मुस्ताङका सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री केन्द्र सरकारसँग माग गरिएको र छिट्टै जिल्लामा आउने बताए । ती सामग्री केही दिनमा आइपुग्ने उनको भनाइ छ ।
सुरक्षाकर्मी, कर्मचारी र स्थानीय जनतालाई दैनिक उपभोग्य वस्तु, पेट्रोल, डिजेल, ग्यास, मास्क, स्यानिटाइजर, पञ्जा आदिको मुस्ताङमा अभाव देखिएको सांसद तुलाचनले बताए । हालसम्म मुस्ताङमा कोरोना भाइरसका पोजेटिभ फेला नपरे पनि मुस्ताङका धेरै जनता विदेशबाट नेपाल आवतजावत गर्नु, भारतका विभिन्न क्षेत्रमा व्यपार गर्नु, आन्तरिक तथा विदेशी पर्यटकको मुस्ताङ भम्रण आदिले मुस्ताङ उच्च जोखिममा रहेको छ ।
अस्पताल तथा स्वास्थ्यचौकी हेर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई उपचारका लागि सुरिक्षत एप्रोन, पिपीइ र मास्क कुनै पनि उपचार सामग्रीको व्यवस्था नहुँदा जोखिम मोलेरै उपचार गर्दै आएको घरपझोङ गाउँपालिकाको स्वास्थ्य संयोजक कर्ण थकालीले जानकारी दिए । उनका अनुसार अन्य चार गाउँपालिकामा पनि उपचार सामग्री धेरै अभाव रहेको बताए ।
कोरोना भाइरसको उच्च जोखिमको सम्भावनालाई देखेर थासाङ गाउँपालिका घासास्थित जनता आधारभूत विद्यालयमा १० श्यया, घरपझोङ गाउँपालिका जोमसोमको जनहित माविमा २० श्यया, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र मुक्तिनाथमा छ श्यया, लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङको युवा क्लब भवनमा आठ श्यया र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङमा वडा कार्यालयमा १४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका जिल्ला संयोजक एंव प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए। हालसम्म सात जनालाई घासाको क्वारेन्टाइनमा राखेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार