नगद र लागुऔषधसहित तीन जना प्रहरीको फन्दाममा
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार १६:५८:५४
१७ चैत, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिएका छन् ।
“ झोला बोकेकी महतारालाई शङ्का मानेर प्रहरीले जाँच गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम १०० मिलीग्राम ब्राउनसुगर जस्तो कालो धुलो भेटियो”, प्रहरी निरीक्षक रायमाझीले भने, “त्यसका साथै नगद रु एक लाख १२ हजार ९४५ र कालो रङको एक थान डिजिटल तराजु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।”
प्रहरीको नियन्त्रणमा परेकी ती महिलालाई तत्काल सोधपुछ गर्दा विकास मानन्धरको नाम खोलेको र मानन्धरलाई जाँच गर्दा उनको साथबाट पनि १२० मिलीग्राम ब्राउनसुगरजस्तो कालो धुलो बरामद गरिएको उनले बताएका छन् । महतारा, मानन्धर र उनको साथी सुनिल थारूसहितलाई पक्राउ गरी तीनै जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार