आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २२:३४:३०
१७ चैत्र, बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ ।
पाल्पा स्थायी घर भएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा आज आएको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।
उनी वैदेशिक रोजगारीका लागि दुबईबाट यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाको अवस्थामा नै सामान्य ज्वरो आएकाले रुपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडास्थित भाडाको निवासमा आराम गर्दै बसेका थिए । वैदेशिक रोजगारीमा दुबई रहँदादेखि नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि पनि स्थानीय मेडिकल, मुर्गियास्थित स्वास्थ्यचौकी हुँदै चैत १३ गतेमात्र बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेशनमा भर्ना भएका थिए ।
अस्पतालमा भर्ना भएपछि ज्वरो आउने र स्वास फेर्न गाह्रो भइरहेको अवस्थामा उनको आइतबार अपराह्न मृत्यु भएको थियो । उनको स्वाब भने हिजो चैत १६ गते बिहान मात्र परीक्षणका लागि काठमाडौँ पठाइएकामा आज प्राप्त रिपोर्टमा कोरोना नेगेटिभ पाइएको मेडिकल सुपरिटेन्डेन्ट डा खनालले जानकारी दिए । मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएकामा अब प्रक्रिया पु¥याएर आफन्तलाई बुझाइनेसमेत डा खनालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार