कोरोनासँग लड्न राप्रपा अध्यक्ष लोहनीका ९ बुँदे सुझाव
नेपालबहस संवाददाता
चैत १७, २०७६ मंगलबार ०:५:११
१७ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना भाइरस संक्रमणसँग लड्न नौं बुँदे सुझाव प्रस्तुत गरेका छन् ।
सांसद विकास कोषको रकम कोराना प्रकोप विरुद्धको लडाईमा उपयोग गर्ने, भ्रष्टाचारीलाई कारवाही गरेर जनताको विश्वास जित्न उनले माग गरेका छन् । यसैगरी राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलबभत्ता २५ प्रतिशत कटौति गरी कोरोना महामारी विरुद्धको लडाईमा खर्च गर्न प्रस्ताव गरेका छन् ।
सरकारले जारी गरेको लकडाउनको पक्षमा अध्यक्ष लोहनी उभिएका छन् । यद्यपि सरकारले जनताको विश्वास जित्न सकेमात्र जनताको साथ पाउने यथार्थप्रति ध्यानाकर्षण गराएका छन् ।
डा. लोहनीले कारोना भाइरस प्रकोप समाधानका लागि दिएका नौ बुँदे सुझावहरु यस्ता छन्—
१. सरकारको लकडाउनको निर्णय सफल पारौं । देशभित्र कोरोना भाइरस (कोभिड–१९) रोक्ने यही उपाय हो । यो देशभित्र वढ्यो भने स्थिति अकल्पनीय हुनेछ । त्यसैले सरकारी निर्णय पूरा लागू गरौं ।
२. विदेशमा रहेका लाखौँ नेपालीबारे सरकारले ध्यान देओस् । उनीहरु नेपाल फर्कनु पर्ने बाध्यात्मक परिस्थिति आए उनीहरुको कसरी व्यवस्थापन गर्ने भन्नेबारे कार्यक्रम तयार गरियोस् ।
३. देशभित्र तथा शहरी क्षेत्रमा रहेका मजदूरहरु (ज्यालादारी, रिक्सा चालक, असंगठित क्षेत्रमा काम गर्ने) कामदारहरुका लागि कार्यक्रम तयार गरियोस् ।
४. कृषिसँग जोडिएका उद्योग र ब्यवसायहरु, जस्तै डेरी, कुखुरा उत्पादन, दाना उत्पादन, तरकारी उत्पादन आदिलाई कसरी बचाउने भन्ने बारे कार्यक्रम तयार गरियोस् ।
५. पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियत प्रदान गर्ने व्यवस्था गरियोस् ।
६. माननीय सांसदहरुलाई उपलब्ध सांसद विकास कोष बन्द गरी उक्त रकम अहिलको समस्या समाधानका लागि प्रयोग गरियोस् ।
७. राष्ट्रपति, प्रधानमन्त्री, माननीय सांसदहरु संवैधानिक अंगका सदस्य सबैको तलब तथा भत्ता २५ प्रतिशत कटौति गरी कोरोन भाइरससँगको लडाईमा खर्च गरियोस् ।
८. निजी तथा सरकारी अस्पतालहरु, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयसमेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण तथा कोरोनसँग लड्न विभिन्न अस्पतालको व्यबस्थापनबारे कार्यक्रम बनाएर लागू गरियोस् ।
९. यो लडाईमा सफल हुन सरकारले, भनेको कुरो गर्छ, जनतासँग झुटो बोल्दैन र भ्रष्टाचार गर्दैन भन्ने कुरामा जनता विश्वस्त हुनुपर्दछ । त्यसैले भ्रष्टाचारको चर्चा बाहिर आउँदा, के भएको हो तुरुन्त स्पष्ट पार्नुपर्छ । र, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्दछ तब मात्र जनताले सरकारलाई साथ दिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार