विदेशबाट आएका पाँच सय १० जना स्वास्थ्य कार्यालयको सम्पर्कमा
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १६:१:५
१८ चैत, तनहुँ । विदेशबाट घर फर्किएका पाँच सय १० जना स्वास्थ्य कार्यालयको सम्पर्कमा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार उनीहरूमा कुनै समस्या देखिएको छैन र सामान्य अवस्थामा पाइएकाले हाल होम क्वारेन्टाइनमा सुरक्षित रहन भनिएको छ ।
उनीहरू करीब दुई साताका अवधिमा भारत, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिका, जापान, अष्ट्रेलिया, मलेसियालगायत विभिन्न देशबाट फर्किएका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा गठन गरिएको शीघ्र प्रतिकार्य समूहको सहयोगमार्फत आइतबारसम्म उनीहरूको तथ्याङ्क सङ्कलन गरिएको हो । समयसमयमा चिकित्सकद्वारा घरमै क्वारेन्टाइनमा रहेका उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।
५३ शैय्याका आइसोलेशन कक्ष
तनहुँमा हालसम्म ५३ शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा २७, व्यासनगरपालिकास्थित किरियापुत्री भवन, बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा आठआठ र व्यासनगर–५ स्थित परासर आधारभूत विद्यालयमा आठ कक्षका आइसोलेशन निर्माण गरिएको छ ।
स्वास्थ्य परीक्षण गर्न डराउँछन् स्वास्थ्यकर्मी
म्याग्दे गाउँपालिका–२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षणमा आउने सर्वसाधारणलाई वेवास्ता गर्ने गरेका छन् । रक्तचापमा एक्कासि समस्या आएपछि सोमबार सोही वडा निवासी ६६ वर्षीय शम्भुलाल श्रेष्ठले नाप्न जाँदा उल्टै स्वास्थ्यकर्मीले अभद्र व्यवहार गर्ने गरेको बताएका छन् ।
वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले अहिलेको परिवेशमा स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री नहुँदा झ्वाट उपचारमा जान सकिने अवस्था नभएको बताएका छन् ।
उल्लङ्घन गर्नेलाई प्रशिक्षण
जिल्ला प्रहरी कार्यालयले जथाभावी विनाकाम हिँड्ने ६० व्यक्तिलाई सोमबार पक्राउ गरी डेढ घण्टाको प्रशिक्षण दिएको छ । प्रहरीले लकडाउनको उल्लङ्घन गर्नेहरुलाई खोजीखोजी समात्दै अनशन चौतारी नजीक खुला चौरमा लगेर प्रशिक्षण प्रदान गरेको हो । लकडाउन गर्ने ५६ पुरुष र चार महिलालाई रोग र लकडाउनका बारेमा प्रहरीले प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार