नगरपालिकाले आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीलाई शत प्रतिशत प्रोत्साहन भत्ता दिने
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार २०:४७:२७
१८ चैत, कञ्चनपुर । कोरोना भाइरस (कोभिड –१९) को शंकास्पद बिरामीलाई अस्पतालमा पु¥याउन कञ्चनपुरको बेलौरी नगरपालिकाल एम्बुलेन्स तयारी अवस्थामा राखी निःशुल्क व्यवस्था गर्ने भएको छ ।
कोरोना भाइरसको जोखिम हुन नदिन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिएका छन् । उनले लकडाउन अवधिभर एम्बुलेन्स सेवामा पचास प्रतिशत छुटको व्यवस्था मिलाइएको बताएका छन् । नगर प्रमुख चौधरीले भने, “कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अबधि भरी स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीलाई ५० प्रतिशत र “क्वारेन्टाइन÷आइसोलेसनमा खटिने कर्मचारीलाई खाइपाई आएको तलवको शत प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेका छौं ।”
सो भाइरस सम्भावित जोखिम हुन नदिन आवश्यक पर्ने बजेट चालु शीर्षकको उप शीर्षकबाट रकमान्तर गर्ने र कार्यरत स्वास्थ्यकर्मी अपुग हुने भएकाले स्वीकृत बजेटको परिधिभित्र रहि आवश्यकता अनुसार सम्झौता गरी कामकाजमा लगाउने निर्णय समेत सो नगरपालिकाले गरेको छ ।
नगरपालिकाले नेपाल भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा लकडाउनको समयमा आवतजावत शून्य रहेकाले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र आइसोलेसनमा कामकाज गर्न खटाउने निर्णय कार्यान्वयनमा ल्याएको नगर प्रमुख चौधरीको भनाइ छ । नगरपालिकाले कोरोना भाइरसाका शंकास्पद विरामीलाई राख्नका ल ५ श्ययाको आइसोलेसन कक्ष र ४५ श्ययाको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । नगरपालिकाको नव निर्मित भवनमा आइसोलेसन र क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ ।
नगरपालिका भारतसंग सीमा जोडिएको नगरपालिकाले भएकाले निकै चुनौती छ नगर प्रमुख चौधरीले भने, “सीमा नाका पूर्ण रुपमा बन्द गरिएको भएपनि खुला सीमा क्षेत्रको फाइदा उठाउदै भारतबाट आउने यात्रुहरु छिर्न सक्ने भएकाले सतर्कता अपनाएका छौं ।” शंकास्पद विरामी देखा परे क्वारेन्टाइनमा राखेर निगरानी बढाईने र सो भाइरसको लक्षण देखिए आइसोलेसनका राखेर उपचार गरिने उनले बताएका छन् । नगरपालिकाले भारत लगायत अन्य मुलुकबाट आएका बासिन्दालाई घरमै सेल्फ क्वारेन्टाइन बस्न र स्वास्थ्य समस्या देखिएमा सम्पर्क गर्न आग्रह गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार