रुघाखोकीले सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित
नेपालबहस संवाददाता
चैत १८, २०७६ बुधबार ०:२:४८
१८ चैत्र, मार्तडी । यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।
एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए । परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्नेसमेत गाउँमा मान्छे भेटिन छाडेका छन् ।
सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका छन् । कोरोनाको लक्षण हो कि भन्ने आशंकामा पनि गाउँ त्रसित बनेपछि मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार