स्वास्थ्यमन्त्री ढकालबिरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार २१:४४:४१
१९ चैत्र, काठमाडौं । कोरोना भाइरस संक्रमणसँग जुध्न आवश्यक स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्ट्राचार गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विवेकशील नेपाली दलका बाग्मती संयोजक समेत रहेका प्रदेश सासंद रमेश पौडेलले दिएको उजुरीमा चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री बजारभाउ भन्दा अचाक्ली महंगो भएकाले त्यसमा भ्रष्ट्राचार भएको हुनसक्ने भन्दै छानविनको माग गरिएको छ । विद्युतीय सञ्चारका रुपमा रहेको आयोगको वेबसाइटमार्फत सांसद पौडेलले उजुरी दिएको पुष्टी प्रवक्ता प्रदीपकुमार कोइरालाले गरेका छन् ।
उजुरीमा भनिएको छ – तीन महिना अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको टेण्डर रद्ध गरी कोरोनाको अत्यधिक त्राशको वातावरण तयार गरी आफू निकट व्यापारीसँग सेटिङ मिलाएर आकस्मिक रुपमा गुणस्तरहिन सामग्री ल्याउनुले नै भ्रष्ट्राचार भएको पुष्टी हुन्छ । साथै वाणिज्य विभागमा दर्ता समेत नरहेको कम्पनीलाई हावाका भरमा स्वास्थ्य सामग्री आपूर्तिको अनुमति दिनु नै भ्रष्ट्राचार को बलियो आधार भएको भन्दै उजुरीमा विश्व स्वास्थ्य संगठनले अनुमति नदिएको ¥यापिट टेष्टिङ किट ल्याएर करोडौं रुपैयाँ भ्रष्ट्राचार गरेकाले मन्त्री विरुद्ध छानविन गरियोस् भनी उल्लेख छ ।
उजुरीपत्रमा सांसद पौडेलले यो प्रकरणमा प्रधानमन्त्री केपी ओलीले मन्त्री र सरकारी संयन्त्रलाई जोगाउने खालको अभिव्यक्ति दिएकोमा समेत आपत्ति जनाएका छन् । अख्तियारका प्रवक्ता कोइरालाले प्राप्त उजुरीमाथि छानविन हुने बताएका छन् । तर अख्तियारप्रति सर्वसाधारणको विश्वास भने अहिले खस्किएको अवस्था छ । भर्खरै मात्र छानविन गरी मुद्धा दर्ता भएको बहुचर्चित ललिता निवास प्रकरणमा अख्तियार सरकारको लाचार छायाँ बनेको आरोप लागेको छ । यही प्रकरणमा समेत छानविन गर्न अख्तियारले चासो देखाएको थिएन ।
स्वास्थ्य मन्त्रालयले सामान खरिद गर्दा व्यापक भ्रष्ट्राचार गरेको तथ्याङ्क नेपालबहस लगायत धेरै सञ्चारमाध्यमले सप्रमाण संप्रेषण गर्दा पनि चासो देखाएको थिएन । जबकी अख्तियारले सञ्चारमाध्यममा आएका सामग्रीका आधारमा स्वयं छानविन गर्नसक्ने कानूनी व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार