पशुपतिनाथ परिसरका गाईबाच्छा तथा साँढेका लागि दानापानीको अभाव
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार २३:३३:३३
१९ चैत्र, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा संरक्षण गरिएका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि मन्दिर परिसरका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको मठमन्दिर, गाईबाच्छा बचाउ तथा समाज विकास अभियानका अभियानकर्मी आरबी न्यौपानेले बताए ।
“हाम्रो संरक्षणमा १०० भन्दा धेरै गाईबाच्छा छन्”, उनले भने, “सीमित अवधिका लागि मात्रै घाँस पराल थियो, त्यो सबै सकियो, न दानाको व्यवस्था छ, गाईबाच्छा खाना नपाएरै मर्ने अवस्थामा पुगेका छन् ।” न्यौपानेका अनुसार ती गाईबस्तुका लागि पराल दिन्छु भन्ने दाता भएपनि लिन जाने पास नभएका कारण घाँस पराल ल्याउन पाइएको छैन । काठमाडौं जिल्ला प्रशासनमा पासका लागि तीन दिन अघि निवेदन दिएको भएपनि हालसम्म पास उपलब्ध नभएको उनले बताए।
विकास अभियानले पाँचवर्षदेखि उपत्यकाका सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा संरक्षण गर्दै आएको छ । यही अभियानअन्तर्गत विकास अभियानले पशुपति मन्दिर परिसरको खाली जग्गामा त्यस्ता अलपत्र परेका गाईबाच्छाका लागि बस्ने र खाने व्यवस्था गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार