संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार १६:२६:२१
२३ चैत्र, घोडाघोडी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए । संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए ।
दिल्लीबाट काठमाडौं आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार