कोभिड–१९ को प्रयोगशाला भरतपुरको परिसरमै सञ्चालन
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १६:४९:१४
२४ चैत, चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिसरमा स्थापना गरिएको कोभिड–१९ को प्रयोगशाला आइतबारबाट सञ्चालनमा आएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य, जिल्लास्थित दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमूना) प्राविधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गरिएको हो ।
पहिलो दिन भएकाले एउटा नमूनामात्र प्रयोगशालामा परीक्षण गरिएको छ । सो नमूना प्रदेश परीक्षण कार्यालय हेटौडाको प्रयोगशालामा समेत पठाइएको छ । प्रयोगशाला शुभारम्भको अवसरमा प्रतिनिधि सभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला सञ्चालनमा आएको बताएका छन् । उनले चितवन र आसपासका बिरामीको नमूना परीक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताएका छन् ।
भरतपुर महानगरपालिका प्रमुख दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्चस्तरको प्रयोगशाला सञ्चालनमा आएको बताएका छन् । कोरोना अस्थायी अस्पताल निर्माणपछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उनले बताएका छन् । यहीँ प्रयोगशाला भएपछि छिटो नतिजा आउने र उपचारमा सहज हुने उनको भनाइ थियो ।
भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनमा आएसँगै रोग नियन्त्रणमा प्रभावकारी हुने बताएका छन् । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालनमा ल्याइएको हो । प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना विशेषज्ञ, प्राविधिक तयारी अवस्थामा रहेका छन् ।
एक ‘सिफ्ट’मा ९० वटा नमूना परीक्षण गर्न सकिने उनले जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको देशकै उच्चस्तरको प्रयोगशाला स्थापना भएको भन्दै उनले क्षमता विस्तार गरेर एकै दिनमा ९०० सम्म नमूना परीक्षण गर्न सक्ने गरी प्रयोगशाला स्थापना गरिएको बताएका छन् ।
प्रयोगशालामा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेजअफ मेडिकल साइन्सेस र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राविधिकले काम गर्ने छन् । प्रयोगशालामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकरण ल्याइएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फतका निकायबाट उपलब्ध भएका उपकरण र रसायन प्रयोगमा ल्याइएको छ ।
राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा भएका उपकरणलाई उच्चतम प्रयोग गरी कोभिड–१९ प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सो अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक विमलेश झाले टेकुको दोस्रो प्रयोगशालाको रूपमा उच्चस्तरको प्रयोगशाला तयार भएको बताएका छन् । कोरोनाको परीक्षण यहाँ नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजले नमूना टेकु पठाउँदै आएकामा केही दिनअघिबाट हेटौडा पठाउँदै आएका छन् । छिमेकी जिल्लाबाट समेत बिरामी आउने भएकाले यही प्रयोगशाला स्थापना गर्नुपर्ने माग बढेर गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार