जुम्लाका आठ स्थानीय तहमा स्वाब सङ्कलन
नेपालबहस संवाददाता
चैत २५, २०७६ बुधबार २:१८:४१
२५ चैत्र, सिञ्जा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड–१९ विपद् व्यवस्थापन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले जुम्लाका आठ स्थानीय तहका स्वाब सङ्कलन गरेको छ । नेपाल सरकारको कोभिड– १९ विपद् व्यवस्थापन केन्द्रीय ओपिपिएस मेडिकल टोली काठमाडांैबाट जुम्ला आइ स्वाब सङ्कलन गरेको हो । त्यसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य जनशक्तिले सहयोग गरेको छ ।
केन्द्रबाट आएको नेपाल प्रहरी र प्रतिष्ठानका मेडिकल टोलीले तीन स्थानमा पुगेर ३२४ जनाको स्वाब सङ्कलन गरेको छ । टोलीले हेलिकप्टरबाट पहिले जुम्ला विमानस्थलमा चन्दननाथ नगरपालिका, तातोपानी, तिला, गुठिचौर र पातारासी गाउँपालिकाका १५० जनाको स्वाब सङ्कलन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कनकासुन्दरी गाउँपालिकाको लासीपाटनमा ५० र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा १२४ को स्वाब सङ्कलन गरिएको जानकारी दिए । यसैगरी सिञ्जा गाउँपालिकाका ५२, कनकासुन्दरी गाउँपालिकाका ४७ र हिमा गाउँपालिकाका ४५ गरी २५३ जनालाई अनिवार्य उपस्थित हुन निर्देशनात्मक सूचना जारी गरेपछि छुटेका सहित सवै आएपछि ३२४ जनाको स्वाब सङ्कलन गरिएको प्रजिअ बञ्जाडेले थपे ।
सङ्कलित सबै स्वाब काठमाडांै पठाइएको प्रजिअ बञ्जाडेले जानकारी दिए । स्वाब सङ्कलन गर्न जुम्ला विमानस्थलमा प्रहरीको केन्द्रीय प्रयोगशालाका डा। रुजु केसीको नेतृत्वसहित चार, कनकासुन्दरीको लासीपाटनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा। मंगल रावल र हिमा गाउँपालिकाको देवारगाउँ टापुमा प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगर नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोली संलग्न थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार