कोरोनाको उच्च जोखिममा राखिएको सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना सङ्कलन गरिने
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार २१:५:२
२६ चैत, काठमाडौं । कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४०८ जना आश्रय लिइरहेका छन् । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि ३०१ स्थानमा क्वारेन्टाइनमा पाँच हजार ४२ जनालाई राख्न मिल्छ ।
५६ बालबालिका, १६६ महिला र दुई हजार १८६ जना पुरुष क्वारेन्टाइनमा बसेको भए पनि मङ्गलबारसम्म २५९ जनाको मात्रै स्वाब परीक्षणका लागि नमूना सङ्कलन भएको निर्देशनालयले जनाएको छ । परीक्षण रिपोर्ट आएकामध्ये चार जनामा कोरोना पोजेटिभ देखिएको छ भने १७० जनामा नेगेटिभ र ८५ जनाको रिपार्ट आउन बाँकी छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले आगामी एक साताभित्र सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि व्यस्थापकीय पक्ष मजबुत हुने बताएका छन् । “एक सय ९४ जनाको स्वाब सङ्कलन भएर आज काठमाडौँ परीक्षणका लागि जाँदैछ”, निर्देशक डा अवस्थीले भने, “धनगढीको सेती प्रादेशिक अस्पतालमा दैनिक दश वटा नमूना मात्रै परीक्षण हुँदै आएको छ ।” उनले केन्द्रबाट दैनिक ९६ देखि १०० जनाको स्बाव परीक्षण गर्नसक्ने आरटीपीसीआर मेशिन सेनाको स्काइ ट्रकले धनगढी ल्याइपु¥याएको बताएका छन् ।
“यो मेशिन सञ्चालनमा ल्याउनासाथ परीक्षणले गति पाउँछ”, उनले भने, “क्वारेन्टाइनमा बस्नासाथ परीक्षण हुँदैन, मेडिकल साइन्सले क्वारेन्टाइनमा बसेका १०, ११ र १२ औँ दिनमा परीक्षण गर्न मिल्छ ।” उनले जिल्ला अस्पतालमा पनि स्वाब र रगत नमूना सङ्कलनको काम भइरहेको जानकारी दिएका छन् ।
“परीक्षणमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री पनि जुटाइँदैछ । सामग्रीको समस्या नै होइन, लकडाउन विविध कारणले ल्याउन समस्या भइरहेको छ”, उनले भने । कोरोना परीक्षणका लागि थप चार/पाँच वटा मेशिन खरिदका लागि गहृकार्य भइरहेको अवस्थीको भनाइ छ ।
मङ्गलबारसम्म सुदूरपश्चिममा कैलालीमा पाँच जना, डडेल्धुरामा तीन, बाजुरा र डोटी जिल्ला अस्पतालमा एक÷एक गरी दश जना आइसोलेशन वार्डमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्थानीय सङ्क्रमणबाट एक जना सङ्क्रमति देखिनु, भारतमा पनि यसको सङ्क्रमण देखिनु र भारतबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किए पनि थोरै सङ्ख्यामा क्वारेन्टाइन बस्नुलगायत कारणले सुदूरपश्चिम प्रदेशलाई सङ्क्रमणको उच्च जोखिममा राखिएको हो ।
त्यसका साथै स्तरीय परीक्षणशाला नहुनु, स्वास्थ्य सामग्रीको अभाव, विशेषज्ञ चिकित्सकको कमी र प्रदेशभरिमा एक मात्रै भेन्टिलेटर सेवा रहेको सुदूरपश्चिममा सङ्क्रमण फैलिए स्थिति नियन्त्रणबाहिर जानसक्ने समेत आँकलन गरिएको छ । सुदूरपश्चिममा रहेको प्रादेशिक तथा जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दीअनुसार चिकित्सक छैनन् । प्रदेश निर्देशनालयले यहाँका नौवटै जिल्लामा ¥यापिड टेष्टका लागि नमूना सङ्कलनको तयारी भइरहेको जनाएको छ ।
“हामीसित ¥यापिड टेष्टका लागि पाँच हजार किट मौज्दात छन्”, निर्देशनालय स्रोतले भन्यो, “सात पहाडी जिल्लामा दुई हजार ६०० किट र तराईका कैलाली र कञ्चनपुरमा दुई हजार ७०० किट राखेर टेष्ट अगाडि बढाउने गृहकार्य हुँदैछ ।” निर्देशनालय स्रोतले जिल्ला÷जिल्लाबाट ¥यापिड टेष्ट गर्ने तयारी गरिरहेको भए पनि स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री भने पर्याप्त नरहेको जनाएको छ । जिल्लाबाट गरिने टेष्टका लागि जनस्वास्थ्य कार्यालयले अगुवाइ गर्ने छन् ।
सुदूरपश्चिममा फागुन महिनादेखि नै भारतबाट घर फर्किने क्रम बढे पनि चैतको दोस्रो साता सङ्क्रमणको सन्त्रासले आउनेहरुको घुइँचो नै लागेको थियो । यही चैत ११ गते यता भारतबाट आउनेको सङ्ख्यामा कमी आएको छ । भने दार्चुलादेखि कञ्चनपुरको सीमावर्ती बजार बनबासासम्म करिब एक हजार ५०० नागरिक रहेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।
भारतमा रहेकाको बसोबास र खानपिनको व्यवस्था भारतीय पक्षबाटै भइरहेको छ भने कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहेका ७५ जना भारतीय नागरिकको व्यवस्थापनमा नेपाली पक्ष सक्रिय छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले सुदूरपश्चिमका नाकाबाट भारतबाट मात्रै एक लाख ४३ हजार नागरिक स्वदेश फर्किएको बताएका छन् । “सुरक्षा र स्वास्थ्यकर्मीको समन्वयमा सबै जिल्लामा क्रमिक रुपमा स्वाब सङ्कलन हुँदैछ”, प्रवक्ता विष्टले भने, “सङ्क्रमण नियन्त्रणका लागि धेरै प्रयास जारी छन् ।”
कोरोना सङ्क्रमण नियन्त्रणका लागि सङ्घीय सरकारसँगै प्रदेश र यहाँका ८८ वटै स्थानीय तहसमेत सक्रिय भएर लागेका छन् । बाजुरामा ११७ जना क्वारेन्टाइनमा बसिरहेका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताएका छन् । स्थानीयतहको समन्वयमा जिल्लामा बाहिरी जिल्ला र भारतबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन भइरहेको उनले जानकारी दिएका छन् । स्थानीय तहले क्वारेन्टाइनमा बसेकाको खानपिनलगायत व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् ।
त्यसैगरी डोटीमा पनि नेपाली सेनाको अगुवाइमा चिकित्सकसहितको प्राविधिक टोली स्वाब÷रगत सङ्कलनका लागि पुगिसकेको कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति सूर्यबहादुर विष्टले बताएका छन् । “तीनदेखि साढे ३०० जनासम्मको नमूना सङ्कलन गर्ने योजना छ”, उनले भने, “यहाँका ६ वटा क्वारेन्टाइनमा एकसाथ सङ्कलनको काम शुरु हुँदैछ ।”
उनले ६ जनाको चिकित्सक र ल्याब टेक्निसिनयको टोली स्वास्थ्य सामग्रीसहित हेलिकप्टरमा डोटी पुगेको जानकारी दिएका छन् । मङ्गलबार सेनाको टोलीले अछाम र काठमाडौंबाट आएका दुई वटा स्वास्थ्यकर्मीको टोलीले महेन्द्रनगर र कैलालीको लम्कीमा स्वाब सङ्कलन गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारले महामारी नियन्त्रणका लागि उपमहानगरपालिकालाई रु पाँच लाख, नगरपालिकालाई रु चार लाख र गाउँपालिकालाई रु तीन लाख उपलब्ध गराएको छ । पछिल्लो समय सुदूरपश्चिमका नाकाबाट भारतबाट आउनेको सङ्ख्यामा कमी आएको छ ।
खुला सीमानाका कारण लुकीछिपी आउनेमाथि निगरानी बढाउन यहाँका सीमानाकामा सशस्त्र प्रहरी बलले अस्थायी पोष्ट स्थापना गरेर थप जनशक्ति परिचालन गरेको कञ्चनपुरस्थित सशस्त्र प्रहरी बलको श्री नं। ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिएका छन् । उनले सीमा क्षेत्रमा थप ११ अस्थायी पोष्ट खडा गरी सर्तकता अपनाइएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार