सप्तरीका सामुदायिक विद्यालयले थेग्दै क्वारेन्टाइनको भार
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार २१:३१:१९
♦ धीरुभाइ
२६ चैत, सप्तरी । सामुदायिक विद्यालयहरुमा सप्तरीका स्थानीय सरकारहरुले क्वारेन्टाइन निर्माण गरी सञ्चालन गरेका छन् । सामुदायिक विद्यालयको भवनमा ५८० क्षमता शैय्याको (बेड) क्वारेन्टाइन सञ्चालन गरिएको हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन संभावित संक्रमित व्यक्तिहरुको लागि विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएको छ ।
कोरोना भाइरसको उच्च जोखिमका कारण जारी लकडाउनमा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । विद्यालयका ती भवनहरु यतिखेर स्थानीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनका लागि प्रयोग भएका छन । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय सरकार छन ।
जिल्लाको कञ्चनरुप नगरपालिकाले सर्वोद्य माध्यमिक विद्यालयमा १२, शंकर माविमा १२, दुर्गा आधारभूत निमावि ठेलियामा १२, लक्ष्मीनारयाण मावि बैरवामा २५ बेडको क्वारेन्टाइन बनाइएको छ । यस्तै डाक्नेश्वरी नगरपालिकाले मावि पातोमा २५, बोदेबरसाइन नगरपालिकाले मावि बरसाइनमा २५, शम्भुनाथ नगरपालिकाले नमूना मावि भगवतपुरमा १०, राजगढ गाउँपालिकाले मावि राजगढ नर्घोमा ३०, सुरुङ्गा नगरपालिकाले मसिलाल मावि कुशहामा २० शैय्याको क्वारेन्टाइन सञ्चालन गरेको छ ।
यसैगरी हनुमाननगर कंकालीनी नगरपालिकाले सकरदही विद्यालयमा २०, अग्नीसाइर कृष्णसवरण गाउँपालिकाले जनचेतना मावि घोघिदहामा २४, महदेवा गाउँपालिकाले नरबहादुर थापा मावि पकरीमा २५, मावि बथनाहामा २५, सप्तकोसी नगरपालिकाले मावि फत्तेपुरमा २१, जनता मावि भगनीमलेठमा २१, तिलाठी कोइलाडी गाउँपालिकाले मावि बभनगामाकट्टीमा ३५, रुपनी गाउँपालिकाले आधारभूत विद्यालय छपकीमा १०, जनता आधारभूत मावि बसबिट्टीमा नौ, मावि तेरहौतामा १५, विष्णुपुर गाउँपालिकाले जनता मावि विष्णुपुरमा १५, तिरहुत गाउँपालिकाले सरस्वती जनता मावि लोहजरामा चार शैय्याको क्वारेन्टाइन सञ्चालन गरेका छन् ।
विद्यालय बाहेक राजविराज नगरपालिकाले साईकृष्ण मेडिकल भवनमा २५, इसलाम मियाँको घरमा १०, मलेठस्थित मस्जिदमा ३५, कञ्चनरुप नगरपालिकाले बदगामाको स्वास्थ्य चौकीमा १०, बोदेबरसाइन नगरपालिकाले जिवदीप अस्पतालमा पाँच, खडक नगरपालिकाले स्वास्थ्य चौकी मैनासहश्रबाहुमा २०, हनुमाननगर कंकालीनी नगरपालिकाले सामुदायिक भवनमा ३०, छिन्नमस्ता गाउँपालिकाले चौरसिया धर्मशालामा २५, तिलाठी कोइलाडी गाउँपालिकाले बृद्धाश्रममा २०, बलानबिहुल गाउँपालिकाले स्वास्थ्य चौकी मलहनियाँमा १८, शैय्याको क्वारेन्टाइन सञ्चालन गरेका छन् ।
ती क्वारेन्टाइनहरुमा भारतको विभिन्न स्थानबाट जमातमा सहभागी भएर फर्केका १४० सहित भारत लगायत कतार, मलेसियासहित तेस्रो मुलुकबाट फर्किएका २५५ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
सामुदायिक विद्यालयहरुमा सञ्चालन गरेको क्वारेन्टाइनमा केही विद्यालयकै बेन्च जोडेर खाट बनाइएको भेटिन्छ भने केहीले भूइँमै गुन्द्रीमै संभावित संक्रमितलाई बस्न दिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार अधिकांश क्वारेन्टाइन सञ्चालनमा नरहेको भेटिन्छ ।
यता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा क्वारेन्टाइन बनाउँदा १२ बुँदे आचारसंहिता जारी गरेको छ । क्वारेन्टाइनमा विद्यालयको शैक्षिक तथा सन्दर्भ सामग्री प्रयोग गर्न नपाइने, विद्यालयको कक्षा कोठामा आगो बाल्न नपाइने, विद्यालयको भौतिक सम्पत्ति भ्mयाल, ढोका, दराज, टेबल, कुर्सी धारा, पानी, शौचालय आदिमा क्षति पु¥याउन नपाइने आचारसंहितामा भनिएको छ । क्वारेन्टाइनको अवधिभर विद्यायलमा कुनैपनि खालको असान्दर्भिक क्रियाकलाप गर्न नपाइने, विद्यालयको शान्ति क्षेत्रमा प्रभाव पार्ने तथा दीर्घकालीन रूपमा बालबालिकालाई भय सिर्जना गर्ने खालका काम गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार