सुदुरपश्चिममा कोरनाको सङ्क्रमण बढेपछि डडेल्धुरामा स्क्रिनिङमा तीव्रता
नेपालबहस संवाददाता
चैत २७, २०७६ बिहिबार १५:४१:४८
२७ चैत डडेल्धुरा । सुदुरपश्चिमका चार जनामा कोरना भाइरसको सङ्क्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ । अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो ।
सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाका पनि स्वाब परीक्षणका लागि पठाइन थालिएको डडेलधुरा अस्पतालका निमित्त मेडिकल प्रमुख डा जगदीशचन्द्र विष्टले बताएका छन् । स्थानीयमा पहिलोपटक सुदुरपश्चिममा कोरना भाइरसको सङ्क्रमण देखिएसँगै डडेल्धुरा अस्पतालमा दिनहुँ दुई–तीन जनाको स्क्रिनिङ गरेर स्वाब परीक्षणका लागि पठाइन थालिएको उनले बताएका छन् ।
अहिलेसम्म डडेल्धुरा अस्पतालमा दुई आइसोलेसनमा छन् । धनगढीमा कोरना भाइरसको परीक्षणका लागि ल्याब सञ्चालनमा आएपछि परीक्षणका लागि सहज भएको छ । जिल्लाभरि १०४ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका बरिष्ठ जनस्वास्थ्य प्रशासक ओशुतोष श्रेष्ठले जानकारी दिएका छन् ।
सुदूरपश्चिममा करिब भारतबाट नेपाल भित्रिएका एक लाख ५० हजारमध्ये ८० प्रतिशत सात पहाडी जिल्लाका बासिन्दा रहेका सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयलले जानएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार