भेटीका भरमा चल्दै आएको स्वर्गद्वारी आश्रम आर्थिक संकटमा
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १५:४०:८
२४ चैत्र, प्युठान । नेपालका प्रमुख धाममध्ये महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी कोभिड– १९ संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आर्थिक संकटमा परेको छ । स्वर्गद्वारीमा रहेका गाईको हेरचाह, खाद्यान्नलगायत अन्य व्यवस्थापन हुन नसक्दा संकट उत्पन्न भएको हो । स्वर्गद्वारी दर्शनार्थीबाट उठेको भेटीका भरमा चल्दै आएको छ ।
अहिले लकडाउनपछि स्वर्गद्वारी दर्शनका लागि दर्शनार्थी आउन रोकिँदा गाईलाई दाना, घाँस, कामदारको समेत अभाव भएपछि संकटमा परेको स्वर्गद्वारी आश्रमले जनाएको छ । आश्रममा १५० कर्मचारी छन् । संस्कृत पढ्न ८५ जना वटुक रहेका छन् । स्वर्गद्वारी आश्रमका नाममा दाङका तुल्सीपुर र लमही तथा प्युठानको स्वर्गद्वारीमा ६५० गाई पालिएका छन् । तीमध्ये स्वर्गद्वारी आश्रममा मात्रै ४५० छन् ।
स्वर्गद्वारीमा रहेका गाईका लागि दैनिक ६ क्विन्टल दाना खपत हुन्छ । त्यो तुल्सीपुरमा रहेका उद्योगबाट ल्याउँदै आइएको थियो । अहिले उद्योग बन्द हुँदा दाना ढुवानी रोकिएको छ । विद्यार्थी, आश्रमका साधुसन्त, ब्राह्मणका गरी दैनिक कम्तीमा २२५ जनाका लागि भोजन तयार हुन्छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आंैँसीमा स्वर्गद्वारी दर्शन गर्न आउनेको भीड लाग्छ । यही समयमा मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गर्छ । चैत र वैशाख स्वर्गद्वारीमा सबैभन्दा बढी दर्शनार्थी आउने महिना हुन् ।
कोरोना संक्रमणको पूर्वरोकथामको तयारीस्वरुप गरिएको लकडाउनका कारण चैतभर स्वर्गद्वारी आउने पर्यटकको सङ्ख्या शून्य भएको छ । स्वर्गद्वारीमा आउने तीर्थालु पर्यटक नहुँदा संकट उत्पन्न भएको स्वर्गद्वारी आश्रमका कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिए । ‘तीर्थाटनमा आएका दर्शनार्थीको भेटीको भरमा जेनतेन गुजारा भइरहेको थियो’, कोठरी न्यौपानेले भने, ‘गाईको दाना अभाव हुँदा समस्या भइरहेको छ, खाद्यान्न धेरै कम छ र कर्मचारीसमेत घरमा बसेपछि घाँसको पनि अभाव भएको छ ।’
आश्रममा सञ्चालित वेद पाठशालामा वटुक तथा शिक्षकलाई खाना, आवास र तलबमा पनि वर्षेन आश्रमले व्यहोर्नुपर्छ । ती सबैका लागि स्वर्गद्वारी आश्रमको दैनिक खर्च रु ४० हजारभन्दा बढी हुने गरेको छ । नियमित स्रोत अहिले रोकिएको छ आश्रमका भक्तजनको दानदक्षिणा नै प्रमुख स्रोत भएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताए ।
उनले लकडाउन घोषणा भएसँंगै तीर्थालु आउन रोकिएपछि आश्रममा समस्या निम्तिएको बताए । आफ्ना नाममा रहेको दाङस्थित एक हजार १२ बिघा खेत जनयुद्वपछि आश्रमले उपभोग गर्न पाएको छैन । आश्रमका अनुसार त्यहाँ रहेको गुठीबाट एक हजार ७९३ क्विन्टल धान, करीब ४४० क्विन्टल तोरी र पाँच क्विन्टलजति मकै वार्षिक आम्दानी हुने गरेकामा एक दशकदेखि किसानले कुतबाली दिन छाडेका छन् ।
आश्रमले गत आर्थिक वर्षमा वार्षिक रु डेढ करोडको भेटी संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । भेटी, दान दक्षिणा प्रमुख आयस्रोत रहेकामा हाल संकटमा रहेको आश्रमले उधारोमा खाद्य पदार्थ खरीद गरी दैनिक कामकाज सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार