लकडाउनमा बढि मूल्य लिने तीन पसललाई कारवाही
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार १४:३७:३६
२९ चैत्र, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो ।
विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि नयाँ बानेश्वरस्थित आइकालु मिट सेन्टरलाई रु दुई लाख जरिवाना तिराइएको छ । त्यस्तै बाफलस्थित न्यू बिके स्टोरलाई अनुचित व्यापारिक क्रियाकलाप गरेकामा ‘राहत वितरणमा म्याद गुज्रिएका सामान बिक्री गरेको’ रु तीन लाख जरिवाना र सीतापाइलास्थित चितवन खाद्य सप्लायर्सले मूल्य बढी लिएको भेटिएपछि रु दुई लाख जरिवाना गरिएको हो ।
ती पसलको कारवाहीबाट रु सात लाख राजश्व संकलन भएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको उनले जानकारी दिए । यसअघि विभागले बुधबार बजार अनुगमनका क्रममा बढी मूल्य लिएवापत बत्तीसपुतलीमा सञ्चालित मुस्कान मासु पसललाई रु दुई लाख जरिवाना लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार