सेनाको छवि ध्वस्त पार्न उद्यत् ओली सरकार
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार २०:४९:१८
२९ चैत्र, काठमाडौं । कोरोना भाइरसले संसारलाई उठबस गराईरहेको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रसमेत कोरोनाका अघिल्तिर भिजेको बिरालो जस्तो बनेको छ । युरोप त अझ कींकर्तव्यबिमूढ बनेको अवस्था छ । नेपालमा पनि यसको असर र प्रभाव देखापरेको छ । तर अलि पछि र सानो स्केलमा । अहिलेसम्म केवल नौ जनामा मात्र यसको संक्रमण पुष्टी भएको छ ।
चीनको बुहानबाट सुरु भएको यो महामारी अहिले विश्वका सबै कुनाकाप्चामा फैलिइसकेको छ । तुलनात्मक रुपमा नेपालले प्रिकसनका लागि ठूलै मौका पाएको थियो । पहिलो केस गत माघ महिनामा नै पहिचान भएको हो । त्यसपछिको लामो समय नेपालमा कोरोना संक्रमण फेला परेन । केपी ओली सरकार अब नेपालमा पशुपतिनाथको कृपाले केही हुँदन भनेर ढुक्क देखियो । संभावित चुनौतीको आंकलन नै गरेन । साथै संभावित खतराप्रति पटक्कै सचेत देखिएन । जब दोस्रो केस पत्ता लाग्यो र विश्व स्वास्थ्य संगठनले पनि नेपाल उच्च जोखिममा रहेको बतायो, अनि मात्र हाम्रा नेताहरुको कानमा बतास लाग्यो ।
महासंकटका बेला अनियमितता गर्न पाइने पुरातनी सोच र हेपाहा प्रवृत्ति ओली र उनका आसेपासेमा रह्यो । जसले गर्दा कोरोनाका लागि चाहिने स्वास्थ्य सामग्रीको चरम अभाव सिर्जना गराइयो । जनमानसमा हाहाकारको अवस्था निर्माण गराइयो । त्यसले नागरिकको ध्यान अर्कातिर तान्ने र आफू चाहिं ढुक्कले कमिशन बजाउन पाउने बुझाई उनीहरुको देखियो ।
दुई महिनाको अवधिमा माखो नमारेको सरकार अत्तालियो । तर बाहिरी आवरणमा मात्र उ हतास देखिन्थ्यो । भित्री तयारी भने व्यापक थियो । तयारी कोरोनाविरुद्ध लड्ने हैन, कसरी आतंकको माहोल बनाएर भ्रष्टाचार गर्ने चाहिं थियो । महासंकटका बेला अनियमितता गर्न पाइने पुरातनी सोच र हेपाहा प्रवृत्ति ओली र उनका आसेपासेमा रह्यो । जसले गर्दा कोरोनाका लागि चाहिने स्वास्थ्य सामग्रीको चरम अभाव सिर्जना गराइयो । जनमानसमा हाहाकारको अवस्था निर्माण गराइयो । त्यसले नागरिकको ध्यान अर्कातिर तान्ने र आफू चाहिं ढुक्कले कमिशन बजाउन पाउने बुझाई उनीहरुको देखियो ।
त्यसैले मानव जातिको अस्तित्व नै खतरामा रहेका बेलासमेत स्वास्थ्य सामग्री खरिदमा ¥याल चुहाइयो । प्रधानमन्त्री केपी ओलीकै संरक्षणमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ओम्नी समूहलाई चीनबाट स्वास्थ्य सामग्री ल्याउन अनुमति दियो । कुनै अनुभव नभएको ओम्नीलाई अर्बाै रुपियाँको सामग्री ल्याउने ठेक्का दिइयो, त्यो पनि बिना प्रतिस्पर्धा । भ्रष्टाचार गर्ने नै नियतले थालिएको कामको परिणाम आउनु स्वभाविक थियो– कमसल र बजार मूल्य भन्दा चार गुणा बढीको सामग्री भित्र्याइयो ।
उसले ल्याएको गुणस्तरहिन कीट प्रयोग नगर्ने भनिएकोमा अहिले ¥यापिड टेष्टिङको नाममा त्यसैको प्रयोग भइरहेको छ । विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको उक्त कीट अहिले हरेक प्रदेशस्तरमा चलाइएको छ । त्यो कीट चलाउने वातावरण पनि सरकार आफैंले सिर्जना गरेको हो ।
ओली र उनका भजन मण्डलीलाई लागेको थियो–अहिलेको बेला कसले पो ध्यान देला र ? दुईतिहाई नजिकको समर्थनमा रहेको सरकारको कसले चियो चर्चा गर्ला ? तर भइदियो उल्टो । आजको जमानामा पत्रकारिता र सामाजिक सञ्जालको प्रभाव बेजोड छ । त्यसको शक्ति र सामथ्र्यको लेखाजोखा नै नगरी ओली मण्डलीले थालेको गलत प्रक्रियाको धज्जी उडाउने काम भयो । मिडिया र नागरिक समाजको चर्काे विरोधपछि ओलीकै ठाडो हस्तक्षेपमा ओम्नीसँगको सम्झौता रद्ध गरियो । तर यो त नाटक मात्र रहेछ । उसले ल्याएको गुणस्तरहिन कीट प्रयोग नगर्ने भनिएकोमा अहिले ¥यापिड टेष्टिङको नाममा त्यसैको प्रयोग भइरहेको छ । विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको उक्त कीट अहिले हरेक प्रदेशस्तरमा चलाइएको छ । त्यो कीट चलाउने वातावरण पनि सरकार आफैंले सिर्जना गरेको हो ।
तर ओलीले भने सेनामार्फत दुइटा लाभ लिने सोच बनाएको देखियो । पहिलो भनेको सेनामार्फत खरिद गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाउन नपाउने संवैधानिक लूपहोल । अर्काे भनेको सेनालाई विवादित बनाएर उसको छवि ध्वस्त बनाउने रणनीति ।सकेसम्म सेनामार्फत सामान खरिद गर्ने र त्यसको कमिशन एजेण्ट आफ्ना मानिसलाई तोक्ने ।
सरकारलाई ठगेर खान लागेको रहेछ ओम्नीले, त्यसैले हामीले भनेको टाइममा पूरा सामान ल्याउन नसकेकाले उसँगको सम्झौता रद्ध गरेका हौं– स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठले भनेका थिए । साथै उनले यो ठग कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढिसकेको जानकारी पनि त्यति नै बेला दिएका हुन् । तर अहिले थाहा भएअनुसार उसैले ल्याएको सामान प्रयोग गरिएको छ । साथै उसको भुक्तानी दिने तयारी पनि भइरहेको छ । यसरी नेपाली जनताको ज्यानसँग गरिएको खेलबाडले सरकारको भ्रष्ट्राचारी सोच र प्रवृत्तिलाई खुलस्त बनाएको छ ।
बरु गिद्धले सिनो छाड्ला, ओली सरकारले भ्रष्ट्राचार र कमिशन छाड्दैन भन्ने कहाबत यो घटनाले पुष्टी गरिदिएको छ । ओम्नीसँगको डिल विवादमा परेपछि ओलीले भ्रष्ट्राचार गर्ने अर्काे जुक्ति लगाएका छन् । सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न लगाउने निर्णय गरिएको छ । लोकतान्त्रिक देशमा सेनालाई यस्ता विवादित काममा प्रयोग गरिन्न । सीमा रक्षा र आवश्यकता अनुसार सुरक्षाको प्रबन्ध गर्न मात्र सेना परिचालन गर्ने अन्तर्राष्ट्रिय मान्यता नै हो । तर ओलीले भने सेनामार्फत दुइटा लाभ लिने सोच बनाएको देखियो । पहिलो भनेको सेनामार्फत खरिद गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाउन नपाउने संवैधानिक लूपहोल । अर्काे भनेको सेनालाई विवादित बनाएर उसको छवि ध्वस्त बनाउने रणनीति ।सकेसम्म सेनामार्फत सामान खरिद गर्ने र त्यसको कमिशन एजेण्ट आफ्ना मानिसलाई तोक्ने ।
त्यसका लागि ईश्वर पोखरेलको छोरा तयार भइसकेका छन् । उनको कम्पनीलाई ब्रोकर बनाएर सेनाले स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । कदाचित यो रणनीति फेल भयो भने सबै दोष सेनाको थाप्लोमा हालेर बद्नाम गरिदिने । नेपालमा अहिलेसम्म नेपाली सेनाको छवि एकदमै सम्मानित छ । नागरिकले यो संस्थालाई उच्च सम्मान गरेको पाइन्छ । सरकार आफ्नो ट्रयाक भन्दा बाहिर गयो भने सेना छ नि भन्ने जनमानसमा एउटा विश्वास र भरोसा छ । त्यही विश्वास र भरोसा भत्काउने अभिप्रायले ओलीले सेनालाई यो प्रकरणमा घचेट्न खोजेको छ । त्यसप्रति सेना आफैं सजग र होशियार हुनु आवश्यक छ ।
सरकारले सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न आदेश दिएको आज दश दिन नाघिसक्यो । तर अहिलेसम्म सेनाले त्यो काम अगाडि बढाउन सकेको छैन । यसैबाट पनि सेनाका उच्च पदस्थहरुले बुझ्नु प¥यो कि यो काम अर्थात खरिदबिक्रीको काम आफ्नो होइन भनेर । साथै संस्थालाई नै बद्नाम गरेर कम्युनिष्ट शासन लम्ब्याउने दीर्घकालिन रणनीतिको मतियार सेना बन्नु हुँदैन , होश गरौं । जनतामा रहेको विश्वास डगमगाउन दिन भएन सेनाले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार