रोकथाम र नियन्त्रणमा खटिने चिकित्सक, सुरक्षाकर्मी र पत्रकारका लागि बीमा
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १६:५२:२५
३० चैत्र, डोटी । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि जनही रु १५ लाखको बीमा गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकले अतिविपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि रु १६ करोड राहत वितरण स्थानीय तहमार्फत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उनका अनुसार राहत वितरण गर्दा प्रतिपरिवार मासिक रु तीन हजारका दरले राहत सहयोग गरिने छ ।
त्यसैगरी प्रदेशभरिका नौ वटै अस्पतालमा रहेका अस्पताल विकास समिति मातहतका स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० भेन्टिलेटर खरिद गरी हस्तान्तरण गर्ने, जिल्ला प्रशासन कार्यालयलाई रु पाँच लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी कार्यालयलाई रु १५ लाखका दरले व्यवस्थापन रकम उपलब्ध गराउने निर्णयसमेत गरेको स्वकीय सचिव ओलीले जानकारी दिए ।
प्रदेशमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्नुका साथै कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो
साउन ३, २०८१ बिहिबार
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
असार १६, २०८१ आइतबार
बीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार