विश्वभर कोरोनाबाट १९ लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १३:४१:३०
३ वैशाख एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ का कारण १९ लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । कोभिड-१९ बारे विश्वभरिको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म यो भाइरसबाट १९ लाख ९८ हजार एक सय ११ जना सङ्क्रमित भइसकेका छन् ।
एक लाख २६ हजार ६ सय ४ जनाकाे ज्यान गएको छ ।सङ्क्रमितमध्ये चार लाख ७८ हजार ६ सय ५९ जना उपचारपछि निको भएका छन् भने १३ लाख ९२ हजार ८ सय ४८ जनाको उपचार भइरहेको छ, जसमध्ये ५१ हजार ६ सय ८ जनाकाे अवस्था गम्भीर छ ।
पछिल्लो एक दिनमा अमेरिकामा दुई हजार दुई सय ८४ जनाको ज्यान गएको छ भने २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाका कारण २६ हजारको ज्यान गएको छ । त्यस्तै ६ लाख १३ हजार ८ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको ज्यान गएको छ । जसका कारण इटलीमा २१ हजारभन्दा धेरै, स्पेनमा १८ हजारभन्दा धेरै, फ्रान्समा १५ हजारभन्दा धेरै र बेलायतमा १२ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा एक दिनमा ३५ जनाको ज्यान गएको छ भने एक हजारभन्दा धेरैमा सङ्क्रमण देखिएको वल्डोमिटरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार