नेपालमा थप ३ जनामा कोरोनाकाे पुष्टि, संक्रमितको संख्या ४५ पुग्याे
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार २२:१९:४३
१० बैशाख काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पीसीआर रिर्पोट पोजेटिभ आएपछि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु तीनै जना उदयपुरका हुन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । यसअघि हिजो मंगलबारसम्म ४२ जनामा कोरोना पुष्टि भएको थियो ।
यसैबीच बुधबार थप दुई जना कोरोना सञ्चो भएर घर फर्किदैछन । काठमाडौको टेकु अस्पतालमा उपचार गराइरहेका एक जना र कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका अर्का एकजना उपचारपछि घर फर्किन लागेका हुन । यससँगै कोरोनाबाट संक्रमित भएपनि उपचारपछि निको भएर घर फर्किनेको संख्या ७ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार