भुल्केमा एकै परिवारका पाँचसहित संक्रमितको संख्या २८ पुग्यो
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बिहिबार ४:६:२३
१० वैशाख गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका पाँचसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । कोरोना भाइरस परीक्षणका लागि हालसम्म सङ्कलन गरिएका तीनसय ४६ वटा नमूनामा परीक्षण सम्पन्न भएका छन् ।
पाँचजना मध्ये एकै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्जामा कोरोना भाइरसले संक्रमण गरेको हो । त्यसमध्ये १८ वर्षीय छोरा भारतको उत्तर प्रदेशमामा उर्दु भाषा पढ्न गएको खुलेको र उनी लकडाउन हुनुभन्दा पहिले गत चैत ७ गते युपीबाट घर आएको पाइएको उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
भुल्के मस्जितमा बस्दै आएका १६ जना जमातीहरु मध्य मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएका तीन जनाको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा बुधवार थप एक ५५ वर्षीय महिलामा संक्रमण पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।
यता, गाईघाट बजारमा जुत्ता चप्पलको व्यापार गर्दै आएका बहिनी ज्वाई लक डाउनका कारण व्यापार गर्न नपाएपछि र बजारको घर साँघुरो भएको हुँदा बाहिर आउजाउ गर्न नपाएपछि माईती घरमा गएर बसेकोमा संक्रमित भएको भएका हुन् । तर उहाँहरुलाई संक्रमण भएको भन्ने कुनै जानकारी नभएको छिमेकीहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार