लकडाउनमा ८२ हजार सुरक्षाकर्मी परिचालन, झण्डै १ लाखले गरे उल्लंघन !
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ सोमबार १:३२:३२
१४ बैशाख काठमाडौं । लकडाउनको समयमा झण्डै ८२ हजार ६५० सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका कूल सात हजार ४८६, नेपाल प्रहरीका ४२ हजार १२, सशस्त्र प्रहरी बलका ३१ हजार १५५ र राष्ट्रिय अनुसन्धान विभागका कूल एक हजार ९९७ जना जनशक्ति परिचालित गरिएको छ ।
नेपालको अन्तराष्ट्रिय सीमाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न सशस्त्र प्रहरी बल नेपालबाट साबिकका ६५० चेक प्वाइन्ट रहेकामा हाल बढाएर एक हजार २१३ कायम गरिएको र २२ हजार ६१६ जनशक्ति परिचालन गरिएको छ ।
नेपाल भारत सीमा नाकाका नेपालतर्फ एक हजार ७६ भारतीय र भारततर्फ दुई हजार २० नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । रुपन्देही नाकाबाट २९६, कपिलवस्तुबाट ३५ गरी कूल ३३१ जना भारतमा रहेका नेपाली नागरिकलाई ल्याई क्वारेन्टाइनमा राखिएको छ । यस्तै रुपन्देहीबाट १५२ र कपलिवस्तुबाट ३६ गरी कूल १८८ जना नेपालमा रहेका भारतीयलाई भारत पठाइएको छ ।
झण्डै एक लाखले गरे लकडाउन उल्लङ्घन
गत चैत ११ गतेदेखि वैशाख १३ गतेसम्म झण्डै एक लाखले लकडाउन उल्लङ्घन गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ९९ हजार ४१९ जनाले लकडाउन उल्लङ्घन गर्दा ४३ हजार ७६१ सवारीसाधनसमेत कारवाहीमा परेका छन् । तीमध्ये कूल ९९ हजार ४१४ र ३५ हजार ४२३ सवारी साधनलाई छाडिएको छ । केही भने थप कारवाहीका क्रममा छन् ।
कोरोना संक्रमितलाई सार्न तालिम
कोरोनाको सङ्क्रमण हुन नदिन र भइहाले पनि सहज तबरले उपचारको प्रबन्ध गर्न सरकारले स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइरहेको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीले सङ्क्रमितलाई एक स्थानदेखि अर्को स्थानसम्म लैजानका लागि एम्बुलेन्स चालक, सहयोगी र स्वास्थ्यकर्मीलाई तालीम दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार हालसम्म नेपाली सेनाका ६५० र सशस्त्र प्रहरी बलका १२० जनालाई नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा तालीम दिइएको छ । सिसिएमसीका अनुसार सरकारको निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूधजन्य सामग्री, पशुपक्षी तथा माछाको आहारा आदि ढुवानी गर्न कुनै पनि पास नचाहिने व्यवस्था गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाको सहयोगमा महानगरभित्र विभिन्न स्थानमा तरकारी तथा फफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ । ती बिक्री केन्द्रबाट काठमाडौँवासीले सहज रुपमा तरकारी तथा फलफूल लिन सक्ने भएका छन् ।
लामो दूरीमा ढुवानी गर्ने यातायाताका साधनका लागि तथा श्रमिकको सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारी साधन मर्मत गर्ने स्थान तथा आवश्यक होटल सञ्चालनमा ल्याइएको छ ।
एक अर्बभन्दा बढीको औषधि आयात
लकडाउन शुरु भएपछि वैशाख १३ गतेसम्म कूल रु एक अर्ब १३ करोड ३७ लाख १९ हजार बराबरको तयारी औषधि आयात भएको छ । यस्तै रु २५ करोड ८१ लाख ८५ हजार बराबरको औषधिको कच्चापदार्थ आयात भएको डा देवकोटाको भनाइ छ ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको हो । यस्तै भारतबाट कूल ९१ हजार ४५६ मेट्रिक टन खाद्य पदार्थ, २६ हजार ८२ मेट्रिक टन दाल, ४४ हजार २३५ मेट्रिक टन तरकारी, ११ हजार १३८ मेट्रिक टन फलफूल, ३६ हजार ४४२ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । सोही अवधिमा कूल १७ हजार ४९६ किलोलिटर इन्धन आयात भएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
नब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार