लकडाउनमा सुरक्षा व्यवस्था चुस्त पार्न गृहमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बिहिबार ४:२:४२
१७ बैशाख काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताएका छन्। आज काठाडौंमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिए ।
बैठकमा कोरोना सङ्क्रमण र सुरक्षा स्थितिको बारेमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले हालसम्मको अवस्थाबारे गृहमन्त्री थापालाई जानकारी गराए । बैठकमा गृहमन्त्री थापाले मुलुकमा अपनाइएको उपयुक्त रणनीतिका कारण कोरोनालाई जित्दै गएको दाबी गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
“वर्तमान परिस्थितिमा विश्वव्यापी रणनीतिसँग तालमेल गर्दै जानुपर्ने आवश्यकता छ, कोभिड–१९ तीन-चार वर्षसम्म पनि जान सक्छ, त्यसैले हाम्रो रणनीति दीर्घकालीन योजनाका साथ आउनुपर्छ”, निर्देशनका क्रममा गृहमन्त्री थापाले भने । उनले कोभिड–१९ बाट प्रभावित भएको उद्योग, व्यापार उकास्न अझै नयाँ योजनाको खाँचो रहेको औँल्याए ।
सशस्त्रको सुरक्षाको चौकीलाई स्थायी बनाउनुपर्ने
गृहमन्त्री थापाले अहिले दक्षिणी नाकामा कोभिड–१९ को जोखिम बढेपछि थप सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी गराउँदै थपिएको सशस्त्रको अस्थायी चौकीलाई स्थायी बनाउनुपर्ने उल्लेख गरे । यसका लागि गृहमन्त्रालयले आवश्यक भूमिका खेल्ने उनको भनाइ थियो ।
गृहमन्त्री थापाको पहलमा अघिल्लो महिना १२२ वटा रहेको सशस्त्र प्रहरीको सीमानिगरानी चौकीलाई बढाएर हाल एक हजार २१३ पु¥याइएको छ । सीमावर्ती क्षेत्रमा १४ हजार सशस्त्र प्रहरीको फौज रहेकामा अहिले २२ हजार ५०० पु¥याइएको छ । छलफलका क्रममा मन्त्री थापाले सशस्त्र प्रहरीको भूमिका अझै बढाउनुपर्नेमा जोड दिए ।
लकडाउनलाई थप कडाइका साथ पालनामा गराउनका लागि सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले बाढी, पहिरो, भूक्षयको नियन्त्रण र रोकथामका लागि तयारीमा लाग्नसमेत आग्रह गरे । सामाजिक अपराध, घरेलु हिंसा आत्महत्यालगायत आपराधिक क्रियाकलाप नियन्त्रणमा ध्यान दिनसमेत उनले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुवक बेपत्ता घटनामा एकजना पक्राउ
कात्तिक १९, २०८१ सोमबार
काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
कात्तिक १६, २०८१ शुक्रबार
सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
कात्तिक १५, २०८१ बिहिबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
कात्तिक २०, २०८१ मंगलबार
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
कात्तिक २०, २०८१ मंगलबार
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष जेल सजाय
कात्तिक २०, २०८१ मंगलबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार