लकडाउनले चोरी तस्करी बढ्न थालेपछि निरन्तररूपमा गस्ती
नेपालबहस संवाददाता
बैशाख १८, २०७७ बिहिबार १५:१८:५
१८ बेशाख खाँदबारी । कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय सङ्टकमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेको ३७ दिन भइसकेको छ । लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा चोरी तस्करी बढ्न थालेपछि निरन्तररूपमा गस्ती भइरहेको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज दुई हजार ३३० वर्गकिलोमिटरमा फैलिएको छ । यो उच्च हिमाली क्षेत्रमा पर्दछ । निकुञ्जमा जडीबुटी, दुर्लभ वनस्पति र विभिन्न प्रकारका जीवजनावर पाइन्छन् । मानव बस्तीसमेत कम भएका कारण चोरी तस्करीहरु बढेको निकुञ्जले जनाएको छ ।
चोरी तस्करी गर्नेबाट निकुञ्ज क्षेत्रबाट जडीबुटी, दुर्लभ वनस्पति र काठ तस्करी गर्ने क्रम बढेपछि नेपाली सेनाको श्री रणभीम गुल्म र निकुञ्जका कर्मचारीले नियमित गस्ती गरिहेको सूचना अधिकारी पाठकले जानकारी दिए । लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको उनले बताए । हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि निगरानी बढाएको निकुञ्जले जनाइएको छ । प्रतिकूल परिस्थिति भए पनि निरन्तर कार्यक्षेत्रमा खटिइरहेको सूचना अधिकारी पाठकको भनाइ छ ।
निकुञ्ज क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काइएको छ । तस्करी बढेपछि निकुञ्जले त्यस क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । गस्ती टोलीले मकालु गाउँपालिका–२ ठूलो डाडाँमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काएको सूचना अधिकारी पाठकले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार