लकडाउनकाे समयमा भिडियो हेर्ने ह्वात्तै बढे
नेपालबहस संवाददाता
बैशाख १९, २०७७ शुक्रबार १९:३५:२८
१९ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण लकडाउन भएपछि डेटा प्रयोग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । लकडाउन अगाडिको समयमा भन्दा अहिले खासगरी भिडियोे हेर्ने प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको दूरसञ्चार प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार लकडाउनको समयमा “युट्यूब हेर्ने र भिडिओ गेम खेल्ने प्रयोगकर्ता धेरै बढेको देखिन्छ । त्यसपछि फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सञ्जालहरू धेरै प्रयोग भएका छन् । लकडाउनपछिको तथ्याङ्क हेर्दा ७५.६ प्रतिशतले युट्यूब, ७४ प्रतिशतले फेसबुक, ४० प्रतिशतले इन्स्टाग्राम अनि १८ प्रतिशतले टिकटकका प्रयोगकर्ता बढेका छन् ।
नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायतका सबै दूरसञ्चार प्रदायक कम्पनीको तथ्याङ्क हेर्दा लकडाउनअघि र पछिको समयमा मोबाइल डेटा र भ्वाइस (फोनकल) मा पनि निकै परिवर्तन आएको छ । अहिले लकडाउनका कारण सबै मानिस घरमै रहँदा फोन गर्नुपर्ने आवश्यकता कम भएको छ । विद्यालय र धेरैजसो कार्यालय बन्द छ । खासगरी बालबालिकादेखि वयस्कसम्म सबैले मोबाइल वा अन्य ग्याजेटमा इन्टरनेट चलाउँदा डेटाको खपत बढेको छ ।
मानिसहरू फोनबाट भन्दा इन्टरनेटमार्फत् चलाइने भिडियो कलहरूमा अभ्यस्त हुन थालेकाले पनि भ्वाइसमा भन्दा डेटा प्रयोगकर्ता बढ्न थालेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । सरकराले लागु गरेको लकडाउनमा घरमा बस्ने अधिकांशले मनोरञ्जनात्मक भिडियोहरू वा सामाजिक सञ्जाल धेरै चलाउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार