पूर्व आईजीपी खनालसहित सांसदद्धय बस्नेत र श्रेष्ठविरुद्ध अपहरण मुद्धा दायर
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ सोमबार २१:५२:१
२२ बैशाख, काठमाडौं । अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा भएको भनिएको सांसद अपहरण मुद्धा आज दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धक मुद्धाको जाहेरी सरकारी वकील कार्यालय काठमाडौंले दर्ता गरेको हो ।
दर्ता न. १०४७ रहेको अपहरण तथा शरीर बन्धक मुद्धामा नेकपाका सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान ‘तथा पूर्वआईजीपी सर्बेन्द्र खनालका विरुद्ध किटानी जाहेरी परेको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी लिन नमानेको विषयमा सरकारी वकिल कार्यालयमा उजुरी गरेका थिए। सरकारी वकिल कार्यालयले उजुरीको अध्ययन गरि दर्ता गर्ने बताएको थियो।
सरकारी वकिल कार्यालयले अब काठमाडौं प्रहरी परिसरलाई जाहेरी दर्ता गरि आवश्यक अनुसन्धान अगाडि बढाउन निर्देशन दिने छ। सरकारी वकिल कार्यालयले जाहेरी दरखास्तको सक्कलीप्रति प्रहरी कार्यालयलाई पठाउने छ। यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंका साथै सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन मानेका थिएनन्। यादवको टोलीले मानव अधिकार आयोगमा समेत उजुरी दर्ता गराइसकेको छ ।
सोमबार नै यादवले आरोप लगाएको तीनजनाको टोलीले पनि मानव अधिकार आयोगमा निवेदन दिएका थिए । पूर्वप्रहरी महानिरिक्षक सर्बेन्द्र खनालसहित सांसद किसान श्रेष्ठ र पूर्वमन्त्री महेश बस्नेतको टोलीले निवेदन दर्ता गराएका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण
कात्तिक २०, २०८१ मंगलबार
कीर्तिपुर नगरपालिकाको मेयरका लागि नगर सभापतिसहित कांग्रेसबाट ११ जनाको नाम सिफारिस
कात्तिक २०, २०८१ मंगलबार
यसरी हुँदैछ उपत्यकामा छठको तयारीः फोटोफिचर
कात्तिक २०, २०८१ मंगलबार
पृथ्वीराजमार्गमा दुई लेनको ६३ किमी सडक कालोपत्र
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार