हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार १५:१२:१
२६ बेशाख, सुर्खेत । बर्षासँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले जानकारी दिए । “जोडले चलेको हुरीबतासले रेडियो र टेलिभिजन दुवैको टावर ढलेर एन्टेना भाँचिएको छ”, प्राविधिक केसीले भने, “कार्यालय भवनकै छतमा टावर ढल्दा भवनमा समेत क्षति पुगेको छ ।”
त्यसबाट कुनै मानवीय क्षति भने नभएको उनले जनाए । रेडियो एन्टेना भाँच्चिएपछि फ्रिक्वेन्सी मोडुलेसन १०० मेगाहर्जको प्रसारण अवरुद्ध भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिए । उनका अनुसार यो रिलेस्टेशन प्रसारण सेवाबाट बाँके, बर्दिया, सल्यान, जाजरकोट र सुर्खेत प्रभावित भएका छन् ।
“बन्दाबन्दीका कारण क्षतिग्रस्त ठाउँमा पुग्न सकिएको छैन”, केन्द्र प्रमुख साहले भने, “जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सवारी अनुमति लिएर आज इलाका प्रहरी कार्यालय छिन्चुको सुर्खेतको सहयोगमा क्षति यकिन गरिने छ ।” हुरीबतासले क्षतिग्रस्त टावर बनाउन केही समय लाग्ने भए पनि सेवाग्रहीका लागि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण सेवा नियमित भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार