कोरोना नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार १९:४७:४१
२६ बैशाख, चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । पचास युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको पालिकाले जनाएको छ । सीमाको सुरक्षा तथा गाउँगाउँमा जनचेतना फैलाउन उनीहरुलाई परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।
पालिकामा बन्दाबन्दीको पालना गराउन र सामाजिक दूरी कायम गर्न म्यादी प्रहरीले सहयोग गर्नेछन् । क्वारेन्टाइन सुरक्षाका लागि १२, सीमामा पैदल यात्रुको निगरानी गर्न २१, ठेक्का दिइएका नदी तथा खोलाको निगरानीका लागि आठ र गाउँटोलमा नौ जना म्यादी प्रहरी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी म्यादी प्रहरी परिचालन गरिएको उनको भनाइ छ । स्थानीय नागरिकलाई म्यादीमा भर्ना गरिएकाले समुदायको तल्लो तहसम्म पुगेर काम गर्न सहज हुने अध्यक्ष थापाको विश्वास छ ।
सुरक्षाका लागि जनशक्ति अभाव भएका बेला गाउँपालिकाले म्यादी प्रहरी परिचालन गरेकाले शान्तिसुरक्षा कायम गर्न सहज हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
कात्तिक २०, २०८१ मंगलबार
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
कात्तिक २०, २०८१ मंगलबार
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष जेल सजाय
कात्तिक २०, २०८१ मंगलबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार