चिनियाँ नागरिकमाथिको आक्रमण नेपाल प्रहरीको गम्भीर कमजोरी भएको पौडेलको आरोप
नेपालबहस संवाददाता
बैशाख २७, २०७७ शनिबार २१:२६:४
२७ बैशाख, काठमाडौं । स्वदेश फर्कन चाहने चिनियाँ नागरिकमाथि हिजो नेपाल प्रहरीद्धारा भएको हातपात र धरपकडप्रति नेपाल-चीन पारस्परिक सहयोग समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार प्रेमसागर पौडेलले गम्भीर आपत्ति जनाएका छन् । चीन विरोधी तत्वले नेपाल र चीनबीचको सुमधुर र विश्वासयुक्त सम्बन्ध खलल पार्ने षड्यन्त्रको गन्ध यो घट्नाबाट आएको अध्यक्ष पौडेलको ठम्याई छ ।
सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेख्दै वरिष्ठ पत्रकार समेत रहेका पौडेलले भनेका छन् :- “केही दिनअघिदेखि चिनियाँहरु स्वदेश फर्किन चाहेको समाचार सार्वजनिक भईरहेको थियो । उनीहरूको अवस्था बुझेर योजनाबद्ध तरिकाबाट प्रहरीलाई माध्यम बनाएर नेपाल र चीन विरोधीले नेपाल र चीनबीचको सुमधुर र विश्वासयुक्त सम्बन्ध खलल पार्ने षड्यन्त्र गरेको गन्ध आएको छ । होइन भने ती चिनियाँलाई चिनियाँ राजदूतावास जानबाट पटकपटक किन रोकियो ? प्लेकार्ड बोकेर समस्या देखाउँदा देखाउँदै किन अन्य शान्तिपूर्ण उपाय अवलम्बन नगरीकन हातपात र लाठीचार्ज गरियो ? यस विषयमा छानविन गरी दोषीमाथि कार्वाही गर्नुपर्छ ।”
संस्थापक अध्यक्ष पौडेल लेख्छन् :- “नेपालमा झण्डै पाँच हजारको संख्यामा चिनियाँ नागरिक रहेका छन् । तीमध्ये कतिपय व्यापारी, नेपालमा सञ्चालनमा रहेका परियोजनाका कर्मचारी र पर्यटक समेत छन् । उनीहरू मध्ये अधिकांश आकस्मिकरुपमा लागु भएको लकडाउनका कारणबाट आफ्नो देश फर्किन नपाएका हुन । आफ्नो देश चीन फर्किनका लागि विगतदेखि नै प्रयास गरिरहेका छन् । त्यसक्रममा नेपालस्थित चिनियाँ राजदूतावास पुगेर आफ्नो समस्या व्यक्त गर्न पटकपटक कोशिस गरेपनि प्रहरीले राजदूतावास नपुग्दै अवरोध गरेर जान नदिएकाले ती प्रयासहरु सफल हुन सकेका थिएनन् । त्यसपछि केही दिनअघि उनीहरू मध्ये केही पर्यटन बोर्डको कार्यालय पुगेर समेत स्वदेश फर्काउन पहल गर्न अनुरोध गरेका थिए । पर्यटन बोर्ड पुग्दा समस्या राख्ने यो उपयुक्त कार्यालय नभएको थाहा पाएपछि उनीहरू सिंहदरबार गएको बुझिन्छ देखिन्छ ।”
हिजो दिउँसो प्रहरी र चिनियाँ नागरिकबीचको झडपका सम्बन्धमा विभिन्न प्रतिक्रिया सार्वजनिक भएपछि यस घटनाले केही प्रश्न समेत जन्माएको अध्यक्ष पौडेलले आशंका गरेका छन् । उनी भन्छन् :- “देशभरि लकडाउन छ । हामी सबैले पालना गरिरहेका छौं । हामी मध्ये कोही काम विशेषले निस्कँदा पनि प्रहरीले तीन चार घण्टा घाममा बसाएको, कतिपयलाई पिटेको आदि समाचार दिनहुँ सार्वजनिक भईरहेका छन् । केही दिनअघि पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरेको कार्यक्रममा एकजना नयाँ पत्रिकाका पत्रकारले सूचना विभागको प्रेस पास देखाउँदा पनि प्रहरीले रोकेको र नयाँ पत्रिकाको परिचयपत्र घरमै छुटेको बताइरहनु भएको थियो । सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा आवत जावत गर्न नदिने प्रहरीले किन र कसरी ती विदेशीलाई यसअघि पर्यटन बोर्ड र हिजो सिंहदरबार जान दियो ?”
वरिष्ठ पत्रकार पौडेलले भन्छन् :- “तत्कालै खिचिएका तस्बिरहरू र भिडियो रेकर्डिङ हेर्दा प्रहरीले उनीहरूलाई बिना रोकटोक सिंहदरबारसम्म जान दिएको मात्रै नभइ आफुहरु समेत सँगसँगै हिडेका देखिन्छन् । हामी नेपालीलाई एक्लै पनि आवतजावत गर्न नदिने प्रहरीले ठमेलबाट त्यति धेरै संख्यामा आएका विदेशीलाई किन यथास्थानमा नरोकेर सिंहदरबारसम्म जान दियो ? त्यहाँ पुगेपछि एक्कासी नियन्त्रणका अन्य उपाय नअपनाएर हातपात तथा लाठीचार्ज गरियो ?”
सामाजिक सञ्जालमा व्यक्त भएका कतिपय विचार जस्तो चिनियाँहरु नेपाल प्रहरीलाई आक्रमण गर्ने उद्देश्यले चीनबाट नआएको दावी गर्दै अध्यक्ष पौडेलले यो घट्ना प्रहरीकै असफलताबाट उत्पन्न आकस्मिक घटना भएको बताएका हुन् । पौडेल भन्छन् :- “प्रहरीले उनीहरू सडकमा निस्कने बित्तिकै सम्झाईबुझाई फर्काउनु पर्थ्यो । नमानेको अवस्थामा लकडाउन उल्लंघन गरेको आरोपमा कार्वाही गर्नुपर्थ्यो । यी केही पनि नगरेर चिनियाँ राजदूतावास जानबाट पटकपटक रोक्नु, पर्यटन बोर्डमा प्लेकार्डसहित जान दिनु र हिजो दिउँसो सिंहदरबारसम्म निर्वाध जान दिनुको पछाडि प्रहरीको गम्भीर कमजोरी भएको छ ।”
यसलाई अहिलेको राजनीतिसँग वा अन्तर्राष्ट्रिय प्रभावसँग जोडेर हेर्ने हो भने भारत, चीन र रुस एक ठाउँमा उभिने दिशातर्फ उन्मुख भएकोबाट अत्तालिएको पश्चिमा शक्तिले यो सामान्य घटनालाई उत्तेजित बनाउने र नेपाल र चीन बीचको विश्वासयुक्त सम्बन्धमा दुरी बढाउने बदनियत देखिएको बताउँदै अध्यक्ष पौडेलले यो सामान्य घटनालाई अतिरञ्जित बनाउँदा नेपाली र देश दुवैलाई फाईदा छैन । देशलाई मुटुमा राखेर राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर छिमेकीसँगको सम्बन्धलाई आपसीहितका पक्षमा उपयोग गर्नुपर्छ भनेका छन् ।
विगत १५ दिन अर्थात २४ अप्रिल २०२० देखि ७ मे २०२० सम्ममा भारतीय सीमावर्ती क्षेत्रमा खटिएका नेपाल प्रहरीमाथि घरेलुु हतियारसहित ठूलो समूहमा आएकाले पटकपटक आक्रमण प्रयास गरेको समाचार सार्वजनिक भईरहेको बताउँदै पौडेलले २४ अप्रिलदेखि अहिलेसम्म ११ पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास भईसकेको जानकारी दिएका छन्ु । उनी भन्छन् :- “प्रहरीले आत्मरक्षाका लागि हवाई फायर समेत गर्नु परेको थियो । यी आक्रमण प्रयास तस्करी गर्न र अवैध नेपाल प्रवेश गर्न पाउनका लागि भएका थिए।”
यी सबै घटना सरकारको सम्बन्धित निकाय चुस्त दुरुस्त नभएकोले भएका घटना हुन । सम्बन्धित निकायले घटनालाई कसरी शान्तिपूर्ण तरिकाबाट नियन्त्रण गर्ने योजना र ठोस पहल गर्न नसक्दा भएको पौडेलका तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण
कात्तिक २०, २०८१ मंगलबार
कीर्तिपुर नगरपालिकाको मेयरका लागि नगर सभापतिसहित कांग्रेसबाट ११ जनाको नाम सिफारिस
कात्तिक २०, २०८१ मंगलबार
यसरी हुँदैछ उपत्यकामा छठको तयारीः फोटोफिचर
कात्तिक २०, २०८१ मंगलबार
पृथ्वीराजमार्गमा दुई लेनको ६३ किमी सडक कालोपत्र
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार