भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि जुट्यो स्रोत
नेपालबहस संवाददाता
बैशाख ३०, २०७७ मंगलबार २०:२९:१३
◊ रमेश लम्साल
३० बैशाख, काठमाडौं । सङ्घीय राजधानी काठमाडौंसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ । नेकपा ‘माओवादी केन्द्र’का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको सम्मानमा वाग्मती प्रदेश सरकारले सो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी सुरुङमार्ग तय गरेको छ ।
आयोजनाको कूल लागत रु १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार रहने अनुमान गरिएको छ । वाग्मती प्रदेश सरकारको रणनीतिक महत्वको आयोजनाका रूपमा रहेको सो सुरुङमार्गलाई बहुवर्षीय रुपमा स्रोतको व्यवस्थापन गरिएको हो । प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको पत्र आर्थिक मामिला तथा योजना मन्त्रालयले यही वैशाख २८ गते आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।
स्रोत सुनिश्चित भएपछि प्रदेश सरकारले सुरुङमार्ग निर्माणको काम अगाडि बढाउने तयारी थालेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको पत्रमा चार आर्थिक वर्षमा खर्च गर्ने गरी स्रोतको व्यवस्थापन गरिएको छ । सो परियोजनाका लागि आर्थिक वर्ष २०७७/७८ देखि आव २०८०/८१ सम्म खर्च गर्ने गरी स्रोतको व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रिय बोलपत्रमार्फत निर्माण व्यवसायी र सुपरीवेक्षण परामर्श सेवासमेत छनोट गर्ने तयारीमा रहेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय गुरुयोजना स्वीकृत गर्नुपूर्व स्रोत सुनिश्चितताकाका लागि भौतिक पधूर्वाधार विकास मन्त्रालयकै बजेट सिलिङभित्र रहने गरी मात्र प्रदान गरिएको जनाएको छ । सो मन्त्रालयको अन्य कार्यक्रममा पर्ने प्रभावको प्रक्षेपण गर्ने, स्वीकृत भएका बहुवर्षीय योजनाका लागि आगामी वर्षमा मन्त्रालयको सिलिङभित्रै रहने गरी प्राथमिताका साथ बजेट विनियोजन गर्ने र सिलिङभन्दा थप बजेट स्वीकृत नहुने व्यवस्था गरिएको छ । सम्पूर्ण स्वीकृत बहुवर्षीय गुरुयोजनालाई मन्त्रालयको मध्यकालीन खर्च संरचनामा सवमोश गरिने भएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा समावेश गरेको छ । सो आयोजनाका लागि वाग्मती प्रदेश सरकारले चालू आवमा समेत बजेटको व्यवस्था गरेको थियो ।
यसअघि सो आयोजना नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको लगानी रहेको पूर्वाधार कम्पनीले निर्माण गर्ने गरी स्वीकृति लिएको थियो । स्रोतको व्यवस्थापन गर्न नसकेका कारण आयोजनाले गति लिन सकेको थिएन । वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको निर्णयअनुसार नै स्रोतको व्यवस्थापन भएको जानकारी दिए । उनले भने, “अन्तर्राष्ट्रिय बोलपत्रको तयारी भइसकेको छ, केही समयभित्रै बोलपत्र आह्वान हुन्छ ।”
भीमफेदी गाउँपालिका–६ बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने गरी ३ दशमलव २१ किलोमिटर लामो सुरुङ निर्माण गर्न लागिएको हो । सुरुङमार्ग दुईलेनको हुनेछ । सुरुङको चौडाइ १५ मिटर हुनेछ । दुवै लेन साढे सात मिटर फराकिलो हुने बताइएको छ । सुरुङको दुवैतिर गरी साढे दुई किलोमिटर लामो सहायकसडक र तीनवटा पुल निर्माण हुनेछ ।
सम्झौता भएको ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गले भीमफेदी–कुलेखानी सडकको दूरी १७ किमीले छोटिने छ । प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग ६५ किलोमिटरमा सीमित हुनेछ । उच्च जोखिम, घुमाउरो र साँघुरो खण्डमा तीन किमी सुरुङ बनाउन लागिएको प्रदेश सरकारले जानकारी दिएको छ ।
बहुवर्षीय योजनालाई आव २०७७/७८ मा रु दुई अर्ब, २०७८/७९ मा रु छ अर्ब, २०७९/८० मा रु छ अर्ब र २०८०/८१ मा रु चार अर्ब रहने गरी विनियोजन गरिने भएको छ । मन्त्री जम्मकट्टेलले कानूनी तथा प्राविधिक तयारी पूरा गरी प्रदेश सरकार आफैँले निर्माण गर्ने गरी प्रक्रिया शुरु भएको जानकारी दिनुभयो । सुरुङसँगै सिस्नेरीतर्फको सडकको स्तरोन्नति गरिनेछ ।
प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर यसको निर्माणको तयारी थालेको पनि झण्डै दुई वर्ष हुन लागेको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले सो सुरुङ प्रदेश सरकारको प्राथकितामा रहेको बताउँदै निर्माणमा चासो व्यक्त गर्दै आएका छन् । सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ अन्तिम चरणमा पुगेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
यस्ता छन् अलसरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
पाकिस्तानको टी-२० विश्वकप टिमको घोषणा
जेठ १२, २०८१ शनिबार
हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
जेठ १२, २०८१ शनिबार
भारतको लोकसभाको छैटौं चरणको मतदान आज
जेठ १२, २०८१ शनिबार