कैलालीमा लागुऔषधसहित तीन पक्राउ
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार १६:२९:३२
३१ वैशाख लम्की । कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले आठ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।
कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मङ्गलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ पर्नेमा जानकी–६ सुवर्णपुरका ३० वर्षीय दीपक विक, जानकी–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर–१ का २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले से४प ५४४७ नंको मोटरसाइकलसमेत बरामद गरेको छ ।
टीकापुर प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ । प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई पाँचदेखि १० वर्षसम्म कैद र रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने प्रावधान रहेको जानकारी दिए।
भट्टले पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसार र सेवन नियन्त्रणमा कडाइ गरेको बताए । प्रहरीले बालबालिका तथा युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन विद्यालयस्तरमा र टोलटोलमा जनचेतना जगाउन जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । “हामीले हजारौँ विद्यार्थीलाई लागुऔषध दुव्र्यसनबाट कसरी बच्ने भन्नेबारे जनचेतना फैलाएका छौँ”, प्रहरी नायब उपरीक्षक भट्टले भने , “हरेक बस्ती–बस्तीमा समेत कार्यक्रम गर्ने गरेका छौँ, दुव्र्यसनी न्यूनीकरणका लागि अभिभावकलाई सचेत बनाउने अभियान हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप र माघी मेलामा 'जंकफुड' बेचबिखनमा गाउँपालिकाको रोक
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार