कोरोनाले अर्थतन्त्रमा जोखिम, उत्पादन र उपभोक्तालाई जोड्दै युवा
नेपालबहस संवाददाता
जेठ १, २०७७ बिहिबार १८:२१:३७
◊ वासुदेव पौडेल
१ जेठ, पोखरा । कोरोना भाइरसले अर्थतन्त्रलाई जोखिममा पारेको अवस्थामा यहाँका युवा भने रोजगारी सिर्जनासँगै उत्पादन र उपभोक्ता जोड्ने अभियानमा जुटेका छन् । विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध पाँच युवाले कृषिको आधुनिकीकरणका माध्यमबाट पशुपालनसहित प्राङ्गारिक तरकारी तथा फलफूल आदिको उत्पादनलाई जोड दिने गरी जलजा मल्टी एग्रो कम्पनी प्रालि सञ्चालनमा ल्याएका हुन् ।
पोखरा महानगरपालिका–३३ स्थित शहरे तहरामा करिब ५० रोपनी जग्गामा पशुपालनसहित प्राङ्गारिक तरकारी तथा फलफूल खेती सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष तथा व्यवस्थापक गोविन्द गौतमले जानकारी दिए । संस्थामा उनीसहित देवीलाल शर्मा तिमल्सिना, दुर्गा न्यौपाने, शोभाखर भण्डारी र सुमन गौतम आवद्ध छन ।
कोरोना भाइरसको जोखिममा कारण स्वदेश तथा विदेशमा नेपालीले रोजगारी गुमाइरहेका विद्यमान अवस्थामा केही युवाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका साथै उत्पादन र उपभोक्तालाई सिधा जोड्दै आयआर्जन गर्ने लक्ष्यका साथ संस्था सञ्चालन गरिएको अध्यक्ष गौतमले बताए ।
“आफूहरूको क्रियाशीलता स्वदेश तथा विदेशमा रोजगारी गुमेका युवाका लागि पनि अनुकरणीय बनोस् भन्ने हाम्रो चाहना हो”, उनले भने, “महामारीले विशेषतः नेपाली मारमा परेका त छन् नै यसबाट पाठ सिक्दै श्रम सीपको उपयोग स्वदेशमै गर्नुपर्छ भन्ने भावना प्रत्येकमा आउनु जरुरी छ ।”
अघिल्लो वर्ष मंसिरदेखि औपचारिक दर्ता भइ सञ्चालनमा आएको संस्थाले भैसीपालनसँगै बङ्गुर, कुखुरा तथा माछापालनका लागि प्रारम्भिकरूपमा आवश्यक भौतिक पूर्वाधार तयार गरिसकेको छ । चैतको दोस्रो सातामा नै ४० भैँसी, ५० बङ्गुर र दुई हजार ५०० कुखुराबाट व्यवसायको औपचारिक थालनी गर्ने सोच राखिएकामा कोरोना भाइरसको महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीले उक्त योजना प्रभावित भएको उनले जानकारी दिए ।
आगामी पाँच वर्षभित्र रु चार करोडको लगानीमा २०० तथा भैँसी, १०० बङ्गुर, पाँच हजार ब्रोइलर, दुई हजार लेयर्स कुखुराका साथै १५० सङ्ख्यामा बाख्रापालन गर्ने सोच राखिएको छ । त्यस्तै माछापालनका साथै प्राङ्गारिक तरकारी तथा फलफूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस अवधिभित्रै डेरी तथा दाना उद्योग पनि सञ्चालन गर्ने संस्थाको योजना छ ।
संस्थाले पशुपालनसँगै उत्पादित मल कृषिजन्य उत्पादनमा उपयोग गर्दै प्राङ्गारिक उत्पादन गर्ने गरी एकअर्कोलाई जोड्ने लक्ष्य राखेको उनले बताए । संस्थाले काम शुरु गरेसँगै प्रारम्भिक चरणमा नै छ÷सात जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । अध्यक्ष गौतमका अनुसार संस्थाले गरेका उत्पादन सुपथ मूल्यमा सिधैँ उपभोक्ताले पाउने गरी भविष्यमा ठाउँ–ठाउँमा सेवा केन्द्र राखेर बिक्री वितरण गरिने छ ।
बहुउद्देश्यीय व्यवसायसँगै आयआर्जन गर्ने र अन्य युवालाई रोजगारीका साथै उपभोक्तालाई सुपथ मूल्यमा दूध, मासु, फलफूल तथा तरकारी उपलब्ध गराउने आफूहरूको प्रयास अन्यका लागि पनि अनुकरणीय बन्ने विश्वास लिइएको संस्थाका सदस्य देवीलाल शर्मा तिमल्सिनाले बताए ।
“बिचौलियाका कारण उत्पादक र उपभोक्ताबीचको दूरीसमेत टाढा बन्दै गएको अवस्थामा उत्पादनलाई सिधैँ उपभोक्तासमक्ष पु¥याउनु पनि हाम्रो लक्ष्य हो”, उनले भने। उत्पादक र उपभोक्ताबीचको दूरी कम गर्न सके मात्रै पनि दुवै पक्ष लाभान्वित बन्ने विश्वास लिइएको संस्थाका सचिव दुर्गा न्यौपानेले बताउछन ।
व्यावसायिक कृषिको विकासका लागि वास्तविक कृषकहरू राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुन नहुने बताउँदै उनले कागजात मिलाएर अनुदान दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा राखे। नर्सरीदेखि बजारीकरण सबैलाई समेट्दै आयआर्जन गरी प्रत्यक्ष एवं अप्रत्यक्ष ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने संस्थाको दीर्घकालीन लक्ष्य अरुका लागि पनि अनुकरणीय बन्ने उनको भनाइ छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
मङ्गोलियामा आगलागीको घटना बढ्यो
बैशाख २४, २०८१ सोमबार
अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो
बैशाख २४, २०८१ सोमबार