काठमाडौंमा भेटिएका कोरोना संक्रमित सशस्त्र प्रहरीका जवान
नेपालबहस संवाददाता
जेठ १, २०७७ बिहिबार १९:२९:३६
१ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेपछि देशभर लकडाउन घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन कार्यान्वयन गर्न सुरक्षाकर्मी दिनरात खटिएका छन्।
मुख्यत: ट्राफिक प्रहरी र जनपद प्रहरी खटिएका छन् । ब्याकअपमा सशस्त्र प्रहरी खटिएको छ। सेनाले फाट्टफुट्ट जीपमार्फत् गस्ती गरिरहेको छ । कोरोना रोकथामका लागि लकडाउन गरे पनि यसलाई कार्यान्वयन गराउने सुरक्षाकर्मी भने खाली हात सडकमा खटिएका छन् । न उनीहरुसँग गुणस्तरीय मास्क छ, न त पन्जा नै । केहीले मेडिकल ग्लोब्स लगाएका पनि छन् ।
सडकमा सवारी रोक्ने, पास चेक गर्ने काम ट्राफिक र जनपद प्रहरीले गरिरहेका छन् । पास नलिएका सवारीलाई नियन्त्रणमा लिने काम पनि उनीहरुले गरिरहेका छन् । यसक्रममा सयौं व्यक्तिसँग उनीहरुको साक्षात्कार हुन्छ । एक हिसाबले भन्ने हो भने कोरोना भाइरस फैलिन नदिन लकडाउन कार्यान्वयनमा खटिएका उनीहरु आफैं कोरोनाको उच्च जाेखिममा छन् ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित ब्यक्ति चन्द्रागिरि नगरपालिकामा भेटिएका ३२ वर्षीय पुरुष सुरक्षाकर्मी भएको खुलेको छ । बिहीवार बिहान ६:१५ बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा काठमाडौंकाे चन्द्रागिरिका पुरुषमा कोरोना पोजेटिभ देखिएको खुलेको थियो । बिहान मन्त्रालयले दुई जनामा कोरोना संक्रमण भएको जनाएको थियो ।
दुईमध्ये एक सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत प्रहरी कर्मचारी भएको चन्द्रागिरि नगरपालिकाका मेयर धनश्याम श्रेष्ठले नेपालबहस डटकम जानकारी दिए । उनी सशस्त्र प्रहरीकै कर्मचारी भएको खुलेको छ। उनी अहिले क्याम्पमा छन्, उनले भने । बलम्बुमा सशस्त्रको अस्पताल रहेको छ ।
त्यस्तै मंगलवार भक्तपुरको दुवाकोटमा पनि एक सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। साथै चन्द्रागिरिमा नै संक्रमण देखिएकी एक महिला पनि सशस्त्र प्रहरीकाे श्रीमती रहेको खुलेको थियो । उनी महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन्।
सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या २४६ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
निजामती कानुनले यो अवस्थाको परिकल्पना नगर्दा सफाइपछि झन यता न उता भए बैकुण्ठ अर्याल
कात्तिक १९, २०८१ सोमबार
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
कात्तिक २०, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
टेलिकमको पाइपबाट पानी बगेपछि...
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि पाठक पोखरीमा मन्दिर निर्माण गरिँदै
कात्तिक २०, २०८१ मंगलबार