ओम्नीप्रति स्वास्थ्यमन्त्री ढकालको यस्तो प्रेम
कुसुम सेञ्चुरी
जेठ १, २०७७ बिहिबार २०:३:४४
१ जेठ, काठमाडौं । कोरोनाबिरुद्ध आवश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिद प्रकरणमा निलज्र्ज देखिएको ओम्नी समूहप्रतिको सरकारी दृष्टि फेरिएको छैन । प्रधानमन्त्री केपी ओलीको प्रियपात्र रहेको यो समूहले जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत भ्रष्ट्राचार र अनियमितता गरेको प्रमाणित भईसक्दासमेत कारवाही त के उल्टो थप लाभ दिने तयारी भएको खुलेको छ ।
जनस्तरमा ज्यादै नकारात्मक छवि निर्माण भएको ओम्नीमाथि कारवाही प्रक्रिया थालिएको जानकारी यसअघि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रमान श्रेष्ठले दिएका थिए । बजार भाउ भन्दा महंगो र गुणस्तरहिन आरडीटी ल्याएको भन्दै कालोसूचीमा राख्ने प्रक्रिया थालेको बताउने उनै डा. श्रेष्ठ र सिंगो स्वास्थ्य मन्त्रालय यतिबेला ओम्नीको पक्षमा दातासँग लबिङ गरिरहेको समाचार प्राप्त भएको छ ।
यसरी दबाव दिनेमा स्वयं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. श्रेष्ठ र मन्त्रालयका सचिव यादव कोइराला रहेको उनले बताए । सचिवबाटै हामीलाई दवाव आएको छ भन्दै उनले भने– तर सरकारले नै कालोसूचीमा राख्ने भनी घोषणा गरेको व्यापारिक समूहसँग कसरी कीट किन्ने ? हामीले ओम्नीसँग लिन नहुने सहमति गरेका छौं । तर तत्काल कीटको अभाव भएको भन्दै सरकारी पदाधिकारीहरुले भने दवाव दिइरहेको उनको भनाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अहिले ओम्नीको त्यही आरडीटी कीट खरिद गर्न नेपालस्थित सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई दबाव दिन थालिएको छ । विगतमा बिना प्रतिस्पर्धा अर्बाैं रुपैयाँको स्वास्थ्य सामग्री ल्याउने ठेक्का फुत्काएको ओम्नीले सरकारसँगको सम्झौता विपरित २५ हजार बढी कीट ल्याएको थियो । चीनबाट ल्याइएका ती कीट बजार भाउभन्दा अचाक्ली महंगो भएको भन्दै सम्झौता रद्ध गरिएको थियो । सरकारसँग ७५ हजार थान कीट ल्याउने सम्झौता गरिएकोमा ओम्नीले आफूखुशी एक लाख कीट ल्याएको थियो । बाँकी रहेको २५ हजार थान कीट भंसारमा थन्किएको अवस्थामा सरकार स्वयंले त्यही खरिद गर्न विभिन्न तहबाट दवाव सिर्जना गरिएको स्रोतको दावी छ ।
देशमा कोरोना संक्रमण फैलिरहेको बेला चरम अभाव देखाएर हामीलाई ओम्नीको कीट किन्न दवाव आउन थालेको छ– नेपालस्थित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले नेपालबहस डटकमसँग भनेका छन् । यसरी दबाव दिनेमा स्वयं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. श्रेष्ठ र मन्त्रालयका सचिव यादव कोइराला रहेको उनले बताए । सचिवबाटै हामीलाई दवाव आएको छ भन्दै उनले भने– तर सरकारले नै कालोसूचीमा राख्ने भनी घोषणा गरेको व्यापारिक समूहसँग कसरी कीट किन्ने ? हामीले ओम्नीसँग लिन नहुने सहमति गरेका छौं । तर तत्काल कीटको अभाव भएको भन्दै सरकारी पदाधिकारीहरुले भने दवाव दिइरहेको उनको भनाई छ ।
सरकारले चरम अभाव नहुँदासम्म परीक्षण कीट किन्न कुनै रुची देखाएन । त्यसको खास कारण भनेकै ओम्नीको बाँकी २५ हजार थान कीट बिक्री गराउनु रहेको बुझिन्छ । गैरसरकारी संस्थाहरुले खासै रुचि नदेखाएपछि सरकारी पदाधिकारीले भने निजी क्षेत्रसँग पनि ओम्नीको कीट किनेर भएपनि आपूर्ति गर्न अप्रत्यक्ष रुपमा दवाव दिइरहेको एक औषधि आयातकर्ताले नेपालबहस डटकमलाई बताए ।
स्वास्थ्य सेवा विभागसँग वार्तामार्फत सोझै ठेक्का पाउन ओम्नीले अर्काे बिजनेस हाउसका रुपमा अनिता प्राइभेट लिमिटेडका नाममा प्रस्ताव पेश गरेको थियो । ओम्नी र अनिता समूहले पेश गरेको दुई फरक कोटेशनमा धेरैजसो आइटममा हुबहु विवरण उल्लेख छ । साथै, कम्पनीको दर्ता र करचुक्ता प्रमाणपत्रसमेत पेश गरिएको छैन । यस्तो कागजका आधारमा स्वास्थ्य सेवा विभागले सम्झौता गरेकोमा शंकाको दायरा बढाएको एक अनुसन्धान अधिकृतले बताए ।
आफ्नो सामान बिक्री गर्न सरकार नै सक्रिय भएपछि ओम्नीले पनि तदारुकता देखाएको छ । सम्झौता भन्दा बढी ल्याएको २५ हजार थान कीट भन्सार नतिरी थन्किएकोमा अब भने ल्याउने भएको छ । २५ हजार कीटको भन्सार झण्डै ४६ लाख रुपैयाँ पर्ने छ । खरिद गर्ने सुनिश्चित नहुँदा ओम्नीले भन्सारबाट छुटाउन पहल गरेको थिएन । तर अब भने भन्सार छुटाउने प्रक्रिया सुरु गरेको त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।
२५ हजार थान कीट सरकारलाई भिडाउँदा ओम्नीलाई करिब तीन करोड आम्दानी हुने देखिन्छ । उक्त रकम स्वास्थ्य मन्त्री, सचिव लगायत पदाधिकारीहरुलाई बाँडचुड गर्ने उसको योजना रहेको बताइन्छ । विभिन्न सञ्चारसंस्था र नागरिक समाजले आवाज उठाएपछि ओम्नी समूहबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जनस्तरबाट दबाब बढेपछि अख्तियारले यसबारे छानविन प्रक्रिया अगाडि बढाएको छ । साथै, संसद्को सार्वजनिक लेखा समितिले समेत यो काण्डमा चासो राखेको छ ।
यसैक्रममा अख्तियारले गरेको छानविनमा केही अनौठा कागजात फेला पारेको छ । ओम्नीले आपूmलाई ठेक्का पार्न शंकास्पद कागजात प्रयोग गरेको अख्तियारले भेट्टाएको हो । जसमा प्रतिस्पर्धी देखाइएको कम्पनीका तर्फबाट प्रस्तुत प्रस्तावमा हुबहु गरिएको फेला परेको छ । स्वास्थ्य सेवा विभागसँग वार्तामार्फत सोझै ठेक्का पाउन ओम्नीले अर्काे बिजनेस हाउसका रुपमा अनिता प्राइभेट लिमिटेडका नाममा प्रस्ताव पेश गरेको थियो । ओम्नी र अनिता समूहले पेश गरेको दुई फरक कोटेशनमा धेरैजसो आइटममा हुबहु विवरण उल्लेख छ । साथै, कम्पनीको दर्ता र करचुक्ता प्रमाणपत्रसमेत पेश गरिएको छैन । यस्तो कागजका आधारमा स्वास्थ्य सेवा विभागले सम्झौता गरेकोमा शंकाको दायरा बढाएको एक अनुसन्धान अधिकृतले बताए ।
ओम्नीले नै अनिताको नक्कली फर्म तयार गरी पेश गरेको देखिन्छ भन्दै ती अधिकारीले यस्तो गम्भिर त्रुटी देखिंदासमेत विभागले कसरी सम्झौता ग¥यो ? अनुसन्धान जारी छ – स्रोतले भन्यो । अनिता कम्पनीको नाममा पेश गरिएका सबै कागजात नक्कली भएको बुझ्न सकिन्छ , तर किन यस्तो लापरवाही भयो ? त्यसको यथेष्ठ छानविन गरी निचोडमा पुगिन्छ– स्रोतले भनेको छ ।
केपी ओली सरकारको सुदृष्टिमा परेको ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल (ओबीसीआई) फेरि पनि चर्चामा आएको छ । विगतमा कोरोनाविरुद्ध आवश्यक औषधि र स्वास्थ्य उपकरण ल्याउने ठेक्का उम्काएको ओम्नीलाई सरकारले कालोसूचीमा राख्ने उद्घोष गरेको थियो । महंगो र गुणस्तरहिन स्वास्थ्य सामग्री ल्याएको भन्दै स्वास्थ्य सेवा विभागले कालोसूचीमा राखेको ओम्नीप्रति प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालकोे दयाभाव भने उस्तै छ । त्यसैले फेरि पनि विभिन्न लाभको अवसर पाएको छ उसले ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
लहान नगरपालिकाद्वारा अग्नीपीडितलाई दैनिक उपभोग्य सामग्री वितरण
बैशाख २४, २०८१ सोमबार
औँसा कीरा व्यवस्थापनका लागि जुनारमा प्रोटिन–वेट छिट्न सुरु
बैशाख २४, २०८१ सोमबार
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन
बैशाख २४, २०८१ सोमबार
हेल्थ डेस्कका स्वास्थ्यकर्मी १० महिनादेखिको तलब नपाउँदा निराश
बैशाख २४, २०८१ सोमबार
दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा
बैशाख २४, २०८१ सोमबार