एनआईसी एशिया बैंकले ऋणीहरुलाई जेष्ठ महिनामा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने
नेपालबहस संवाददाता
जेठ १, २०७७ बिहिबार २१:३१:१४
१ जेठ, काठमाडौं । कोभिड १९ को महामारीबाट सम्पूर्ण ऋणीहरुलाई परेको असरको मूल्यांकन गर्दै एनआईसी एशिया बैंकले आफ्नै प्रयासबाट जेष्ठ महिनाका लागि समेत १०% छुटको योजना लागू गर्ने भएको छ । जसअनुसार नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २% ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्णरुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले आफ्ना ग्राहकहरू समक्ष ल्याएको हो ।
नेपाल राष्ट्र बैंकद्वारा २०७७ वैशाख १६ गते कोभिड १९ को महामारीबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २% ब्याज सहुलियत दिन गरिएको निर्देशनको कार्यान्वयन गर्दै एनआईसी एशिया बैंकले २% ब्याज सहुलियतको अलावा ऋणीहरुले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम वैशाख मसान्तभित्र पूर्णरुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू लागि यसअघि पनि ल्याईसकेको छ ।
कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हितरक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको हो । यसले गर्दा ग्राहकहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस बैंकले यस विषम परिस्थितिमा समेत आफु एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पु¥याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहकहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तब्य र प्राथमिकताको रुपमा लिएको नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताएका छन् ।
बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा नियमित ब्याजको १०% ले हुन आउने छुटको ग्राहकहरुको खातामा जम्मा गरिसकेको छ । साथै वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गर्ने ग्राहकहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गर्ने जनाएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा अत्यन्तै दुर्लभ यस प्रकारको योजनाबाट सम्पूर्ण ऋणीहरुलाई लाभ लिन बैंकले अनुरोध गरेको छ ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंकले जानकारी दिएको छ । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गर्नेछ ।
तर बैंकले प्रदान गर्ने १०% छुट बैंकको चैत्र महिनाको आधारदर (९.६१ प्रतिशत) मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ । साथै, उक्त ब्याज छुट ऋणीहरुको उपभोग गर्न बांकी कर्जा तथा लिमिट थप गरी ब्याज भुक्तानी गरिएको कर्जा सुविधाको हकमा भने नपाउने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार