आफन्त र समर्थकलाई राहत वितरण गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी र प्रदर्शन
नेपालबहस संवाददाता
जेठ २, २०७७ शुक्रबार १८:१५:१३
◊ धीरुभाइ
२ जेठ, सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका १ को वडा कार्यालयमा शुक्रबार बिहान तालाबन्दी गरेको छ । राहत वितरणमा अनियमितता गरेर आफन्त र समर्थकलाई राहत बाडेको भन्दै स्थानीय सर्वदलीय समितिले वडा अध्यक्ष धीरेन्द्र यादवको कार्य कक्षमा तालबन्दी गरेर वडा कार्यालय अगाडी प्रदर्शन गरेको छ ।
गत २९ गते वडा अध्यक्ष यादवले धनगढीमा राती नौ बजेको समयमा आफन्त र समर्थकहरुलाई राहत वितरण गरेपछि उनीहरु आक्रोसित भएको बताइएको छ । स्थानीय अगहनीयादेवी सदाले वडाध्यक्ष यादवले रातीको समयमा आफ्ना समर्थक र आफन्तहरुलाई राहत वितरण गरेपछि त्यसको भोली पल्ट स्थानीय दलित, विपन्नहरुले वडा कार्यालय घेराउ गरेको बताइन । हामीहरु दलितको कुरा नसुनेपछि सर्वदलीय नेताहरुको अगुवाइमा आज तालाबन्दी गरिएको उनले बताइन । उनीहरुले दलित, विपन्न, गरिब, असशक्तलाई राहत वितरण विवरणमा समावेश गराउन समेत माग गरेको छ ।
त्यस्तै स्थानीय अशक्त ६० वर्षीय नेवी यादवले राहत सम्बन्धमा प्रदेश सरकारले जारी गरेको कार्यविधिले तोकेको सर्वदलिय समिति नबाई आफुखुशी समर्थक, आफन्तलाई राहत लुकिछिपी रातीको समयमा वितरण गरेकोले विरोधमा उत्रिएको बताएको छ । मजदुर राजविर यादव, सुरेश साह, जिवछी देवी लगायतले राहत माग गर्दा वडाध्यक्षले उल्टै धम्काउने गरेको एकै स्वरमा बताएका छन ।
नेपाली कांग्रेसका बुथ कमिटि सभापति दिनेशकुमार यादव, स्थानीय नेपाल कम्युनिष्ट पार्टीका पुरन सदाय, तत्कालीन समाजवादी पार्टीका शक्ति यादव, राजपाका हिरालाल यादव र जनमतका प्रदिप साह सहित पार्टी प्रतिनिधिहरु तालाबन्दी गरेर विरोध प्रदर्शन उत्रिएका छन । राहत वितरणमा भएको अनियमितता छानविन गरी दोषी उपर कारबाहीको माग गर्दै वास्तविक लकडाउन प्रभावितलाई राहत दिन समेत माग गरेको छ ।
सो सम्बन्धमा वडा अध्यक्ष धीरेन्द्र यादवले राहत वितरणमा कतै अनियमिता नगरेको उनले दाबी गर्दै केही वास्तविक लकडाउन प्रभावित छुट भएका व्यक्तिलाई रातीको समयमा राहत दिएपछि आफु उपर अनियमिताको आरोप लगाएको उनले बताए । सो वार्डमा राहतको लागि १४ सय जनाले फारम भरेको बताइएको छ ।
कार्यविधि अनुसार चार दलका प्रतिनिधिलाई समावेश गरी राहत व्यवस्थापन समिति गठन गरेर चार सय जना वास्तविक परिवारको सूची तयार गरेको जानकारी दिदै उनले समितिका पार्टी प्रतिनिधिहरुले वार्डका प्रत्येक परिवारलाई राहत वितरण गर्न दवाव दिदै आएको कुरा नमाने बताए । प्रतिनिधिको सो प्रस्ताव नमान्दा राहत वितरण गर्न नदिने प्रतिनिधिहिरुले बताएपछि प्रशासनलाई जानकारी गराएर २७० दलितसहित चार सय वास्तविक लकडाउन प्रभावित परिवारलाई १५ किलो चामल, दुई किलो दाल, दुई किलो नून, एक किलो खाने तेल वितरण गरिसकेको वडाध्यक्ष यादवले दाबी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार