आगामी आर्थिक वर्षभित्र २ वटा आन्तारिक विमानस्थलको काम सकिने
नेपालबहस संवाददाता
जेठ २, २०७७ शनिबार ०:०:५१
२ जेठ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई आगामी वर्ष पूर्ण रुपमा बुटिक विमानस्थलको रुपमा सञ्चालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् ।
४० वर्षपछि विमानस्थलको धावनमार्ग पुनःनिर्माण गरिएको बताउँदै राष्ट्रपति भण्डारीले आगामी वर्ष पूर्णरुपमा बुटिक विमानस्थलका रुपमा सञ्चालन गर्ने बताइन् । त्यस्तै गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल आगामी वर्षदेखि सञ्चालनमा आउने र पोखरा विमानस्थलको काम भैरहेको र आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउनेगरी काम भैरहेको बताइन् ।
त्यस्तै प्रस्तावित निजगढ विमानस्थलको काम प्रारम्भ गर्ने समेत उनले बताइइन् । त्यस्तै थप ८ वटा आन्तारिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको जनाउँदै आठवटा आन्तारिक विमानस्थलबाट रात्रीकालिन उडान र अवतरण सुरु भएको राष्ट्रपति भण्डारीले बताइन् ।
आगामी आर्थिक वर्षभित्र २ वटा आन्तारिक विमानस्थलको काम सम्पन्न गर्ने पनि उनले बताइन् । काभ्रे र तेह्रथुमको चुहानडाँडामा आन्तारिक विमानस्थलको काम अघि बढाइने उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
मङ्गोलियामा आगलागीको घटना बढ्यो
बैशाख २४, २०८१ सोमबार
अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो
बैशाख २४, २०८१ सोमबार