नेपाली सेनामा कार्यरत दुई जनामा कोरोनाको पुष्टि
नेपालबहस संवाददाता
जेठ ३, २०७७ शनिबार २३:४४:२८
३ जेठ, काठमाडौं । नेपाली सेनाका दुई जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत रहेका छन् । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीहरुको पद भने खुलाइएको छैन ।
स्वास्थ मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा उल्लेख गरेका दुई संक्रमित नै सेनामा कार्यरत रहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वीकारेका छन् । यो घटनापछि सेनामा पहिलो पटक कोरोना संक्रमण भएको छ । प्रदेश नं. को जनकपुरमा पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएका दुई केस सेनामा कार्यरत कर्मचारीको हो– उनले भनेका छन् ।
शनिबार बिहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ७८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भइसकेका छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
नवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार