अपरिचित व्यक्ति देखे तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई खबर गर्नुस
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार १६:२८:५१
४ जेठ, ललितपुर । गोदावरी नगरपालिकाले अपरिचित व्यक्ति गाउँ या टोल पसेको देखेमा त्यस्ता व्यक्तिलाई रोक्न तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको जोखिम मुलुकमा बढ्दै जाँदा एक महिलाको समेत मृत्यु भएको समयमा आफू पनि सुरक्षित रहने र आफ्नो गाउँ या समुदायलाई पनि सुरक्षित बनाउन नगरपालिकाले उक्त सूचना जारी गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा चिया र मदिरा पसल पूर्णरूपमा बन्द गर्न आह्वान गरिएको छ । किराना, तरकारी तथा खाद्यान्न पसल बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न दिइने बताइएको छ । आवश्यक कामकाजबाहेक एक गाउँटोलबाट हिँडडुल गर्न र सार्वजनिकस्थलमा जमघट नहुन सूचनामा अनुरोध गरिएको छ ।
गोदावरीका औषधि पसल २४सै घण्टा खोल्न सकिने र कृषि तथा खेतीपातीसम्बन्धी कार्य गर्दा भीडभाड नगरी थोरै सङ्ख्यामा सामाजिक दूरी कायम राखी गर्न र गराउनसमेत अपिल गरिएको छ ।
आज र भोलि कोरोना परीक्षण हुँदै
गोदावरीमा आज र भोलि दुई दिन कोरोना परीक्षण गरिने भएको छ । कारोना महामारीको समयमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका स्वास्थ्य, सञ्चार र सुरक्षकर्मी, राहत वितरण कार्यमा खटिएका व्यक्ति, औषधि पसल र फोहरमैला व्यवस्थापनमा कार्यारत मानिसलगायत कोभिड–१९ प्रभावित जिल्लाबाट आएका व्यक्ति, एम्बुलेन्स चालक, वडामा आएका नयाँ व्यक्ति, तरकारी बिक्री वितरणमा संलग्न व्यक्ति तथा जनप्रतिनिधिको आरडिटी र पीसीआर दुवै माध्यमबाट परीक्षण गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
निजामती कानुनले यो अवस्थाको परिकल्पना नगर्दा सफाइपछि झन यता न उता भए बैकुण्ठ अर्याल
कात्तिक १९, २०८१ सोमबार
मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत् रुपमा छठपर्व मनाइँदै
कात्तिक २०, २०८१ मंगलबार
सबैको मन जोड्ने सेतु छठ पर्व
कात्तिक २०, २०८१ मंगलबार
भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
कात्तिक २०, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
टेलिकमको पाइपबाट पानी बगेपछि...
कात्तिक २०, २०८१ मंगलबार