स्याङ्जाका क्वारेन्टाइनमा संक्रमणको त्रास
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार २२:३३:१३
५ जेठ, स्याङ्जा । जिल्लामा स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइन असुरक्षित रहेका छन् । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुबीच सामुहिक र जथाभावि रुपमा गफगाफ गर्ने सँगसँगै खानाखाने र सामाजिक दुरि कायम नगर्दा असुरक्षा बढेको हो ।
कोरोना संक्रमणलाई न्यूनिकरण गर्न जिल्ला बाहिरबाट आएकालाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएपनि बसाई असुरक्षित बनेको छ । भारतबाट आएका हुन वा काठामाडौं, चिवतन लगाएतका जिल्लाबाट आएका हुन् उनीहरु गफ गर्दा होस वा खाना खाँदा सामुहिक रुपमा बस्ने गरेको क्वारेन्टाइनमा बस्दै आएका पुतलीबजार नगरपालिका १ का दिबेश पौडेलले बताए ।
“क्वारेन्टाइनमा २३ जना छौंं, हामीहरुलाई छुट्टाछुट्टै बस्न अनिवार्य गरिएको छैन् ।” स्थानीय त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्दै आएका पौडेलले भने, “हामी त गफगाफ गर्दा होस वा खाना खाँदा सँगसँगै खाने गरेका छौं ।”
क्वारेन्टाइनमा बस्दै आएकालाई घरपरिवारका अन्य सदस्यहरु खाजा खाना ल्याउने गरेको सुनाउँदै पौडेलले भने, “बाहिरबाट आएका व्यक्तिहरु पनि क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुसँगै सामुहिक रुपमा बस्ने कुराकानी गर्नेसमेत गरेका छन् ।” क्वारेन्टाइनमा बस्नु र घर बजारमा बस्नुमा कुनै फरक नभएको पौडेलले बताए ।
जिल्लाका ११ स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा १ सय १० जना बस्दै आएका छन् । क्वारेनटाइनमा बस्नहरुबीच सामुहिक दुरी कायम नहुँदा असुरक्षा बढ्दो छ, भने उनीहरुलाई खानेपानी, शौचालयको ठूलो समस्या रहेको ७ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका रोशन रेग्मीले सुनाए । पटक–पटक आग्रह गरेपछि स्थानीय तहका प्रतिनिधिले साबुनको व्यवस्था गरेको उनले बताए ।
क्वारेन्टाइनमा बस्नेहरुलाई अनुगमन र निरिक्षण गर्न जाँदा सामुहिक रुपमा नबस्न र सामाजिक दुरी कायम गर्न पटक–पटक आग्रह गर्दासमेत अटेर गरेको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु काफ्लेले बताए । उनका अनुसार क्वारेन्टाइनमा बस्नेहरुले नै सामाजिक दुरी कायम गर्दैन्न । सामाजिक दुरी कायम नहुँदा असुरक्षा बढेकोमा उनले चिन्ता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार
सप्तकोशीमा पानीको बहाव घट्यो
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
असार २५, २०८१ मंगलबार
कांग्रेस, एमालेले अर्थतन्त्र लयमा ल्याएर विकासलाई गति दिन अर्थमन्त्री कसलाई बनाउलान् ?
असार २५, २०८१ मंगलबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार