प्रधानमन्त्री ओलीले घोषणा गरेको रामराजा प्रतिष्ठान नीति तथा कार्यक्रममा परेन, जिल्लावासी संशकित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार २२:१९:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/saptari-1_cDLch06QU5.jpg)
◊ धीरुभाइ
६ जेठ, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष अघि सप्तरीमा वरिष्ठ गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने घोषणा गरेका थिए ।
२०७५ भदौमा प्रधानमन्त्री ओलीले जनकपुरधाममा प्रदेश २ सभालाई सम्बोधनका क्रममा सो घोषणा गरेका थिए । तर, प्रधानमन्त्रीले गरेको उक्त घोषणा हावादारी जस्तै सावित हुन थालेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रतिष्ठान निर्माण समावेश नभएको भन्दै सत्तारुढ दलका नेतासहित सशंकित भएको छ । सप्तरीका प्रमुख राजनीतिक पार्टीहरुले मंलबार संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो शंका व्यक्त गरेका हुन ।
अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले यस प्रतिष्ठानको नाममा ४१ करोड बजेट बिनियोजन गरेको स्मरण गराउँदै विज्ञप्तीमा प्रतिष्ठानको लागि ६० विघा जग्गाको आवश्यक प्रक्रिया पूरा गरी दर्ताको लागि पठाएको कागजात फाइल भूमी व्यवस्था मन्त्रालयमा झण्डै एक वषैदेखि विचाराधिन अवस्थामा रहेको छ । प्रतिष्ठानका नाममा जग्गा दर्ता नगरी मन्त्रालयमा फाइल अडकाएर अनिर्णयको बन्दी बनाएकोमा थप शंका उब्जिएको हो ।
यसै शंका बीच जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभावकर यादव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष अमर मण्डल ‘अशोककुमार मण्डल’, नेपाली कांग्रेस सभापति दिनेशकुमार यादव, समाजवादी पार्टी अध्यक्ष केदारप्रसाद यादव, र राजपाका संयोजक हरेराम यादवले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले नीति तथा कार्यक्रमलाई सच्याएर आर्थिक वर्ष २०७७/२०७८ को प्रस्तुत हुने आर्थिक बजेटमा राजराजा प्रसाद सिंह स्वास्थ्य प्रतिष्ठानलाई निरन्तरता दिन जोडदार माग गरेको छ । त्यस्तै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई बजेटको प्राथमिकतामा राखेर सञ्चालन गर्न समेत माग गरेको छ ।
विज्ञप्तीमा नेपाल–भारतको सीमा सिल रहेको अवस्थामा रक्सीसहित अन्य तस्करी अबिलम्ब रोक्न र लकडाउनको मौकामा कृत्रिम अभाव सिर्जना गरी मलखाद्यमा कालोबजारी भइरहेको भन्दै त्यस्तो कार्यलाई अबिलम्ब नियन्त्रण गर्न र कालोबजारी गर्ने उपर कारबाही गर्न समेत माग गरेको छ । दुई वर्ष अघि प्रधानमन्त्री केपीशर्मा ओलीले जनकपुरधाममा प्रदेश २ सभालाई सम्बोधनका क्रममा रामराजा प्रसाद सिंहको नाममा मेडिकल काँलेज स्थापना गर्ने घोषणाले त्यतिबेला जिल्लावासीमा निकै खुशी पनि भएका थिए ।
घोषणा क्रममा ओलीले प्रदेश २ मा मधेश केन्द्रित विशेष रुपमा विकासीय कार्यक्रम सञ्चालन गर्नुको साथै राजविराजमा मेडिकल कलेज स्थापना गर्ने बताएका थिए । प्रधानमन्त्री आफैले घोषणा गरेको काम पूरा हुनेमा जिल्लावासी विश्वस्त हुने छाँटकाँट नदेखिएको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले भने यदि प्रधानमन्त्री जस्तो मान्छेलाई विश्वास गर्दैनौ भने कसमाथी विश्वास गर्ने हो ।
प्रधानमन्त्रीको घोषणापछि राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवले मेडिकल काँलेजका लागि आवश्यक जति जग्गा चाहिन्छ त्यति उपलब्ध गराउने सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गरेका थिए । मेडिकल काँलेज स्थापनाका लागि चौतर्फी रुपमा सकारात्मक विचार र प्रतिबद्धा आएका पनि थिए ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान, तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव सरकारमा रहदा प्रतिष्ठान स्थानाको लागि जग्गा निरीक्षण, जग्गा प्राप्त गर्ने लगायतका प्रारम्भिक काम सुरु भएको थियो । त्यसै अनुरुप राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवको सक्रियतामा जग्गा प्राप्त गरी दर्ताको प्रक्रिया मन्त्रालयसम्म पुगेको छ । सरकारमा रहदा उपेन्द्र यादवको मन्त्रालय फेरिएपछि कामले सुस्ताएको थियो भने सरकारबाट बाहिरिएपछि काम ठप्प नै भएको छ ।
अध्यक्ष उपेन्द्र सप्तरीबाट निर्वाचित भएर विषयगत मन्त्री भएपछि र प्रधानमन्त्री ओलीका उद्घोषले संयोग मिलेको भन्दै जिल्लावासीमा आशा पलाएका मात्र थिएन । ओलीको मधेशप्रतिको दृष्टि र मधेसीको ओलीप्रतिको दृष्टिमा परिवर्तनको महशुस गरेको थियो । सरकारका साझेदारी, निर्वाचन क्षेत्र, एवं प्रधानमन्त्रीको उद्घोषले मेडिकल काँलेज स्थापनाको आशामा सरकारबाटै तुषारापात पर्न लागेको सर्वसाधारणको बुझाइ छ ।
यस्तै प्रबृतिले जिल्लाको स्वास्थ्य, शिक्षा, सडक जस्ता मूलभूत विकासको काम पूरा नहुने संकेत देखा परेको अधिवक्ता डोमन साहले भने, जनतालाई मुख्य रुपमा यीनै तीन वटा क्षेत्रमा विकास चाहिएको छ । जिल्लामा यसको अवस्था एकदमै नाजुक छ । विगतमा काम भन्दा आश्वासन बढी रहने गरेको गुनासो पनि कम छैन । पदमा धारण गर्दा र चुनावका बेलामा दिएको आश्वासन र व्यक्त गरेको प्रतिबद्धता पूरा गर्दै गएमा राजनीतिक दल, मन्त्री र नेताप्रतिको घटदो जनविश्वासलाई न्यूनिकरणमा टेवा पुग्ने निश्चित छ । तर, आफैले घोषणा गरेको योजनालाई बिर्सिदै गएमा बढ्ेको जनविश्वास गुम्न सकिन्छ ।
![](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2020/05/Bigypati-e1589885550564.jpg?resize=696%2C1034&ssl=1)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु
असार ११, २०८१ मंगलबार
२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार दिने
असार ११, २०८१ मंगलबार
पोखरिया नगरपालिकाको आठौं नगरसभा सम्पन्न, ४७ करोड भन्दा बढीको बजेट प्रस्तुत
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार