लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार २२:४०:१५
६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो ।
‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु ९नाका० बाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस किसिमको आग्रह गरेको हो ।
प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौंमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय बैठकमा भएको जानकारी दिए ।
त्यसैगरी लकडाउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थानविन्दुमै कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउनुपर्ने पनि बैठकमा जारी विज्ञप्तिमा भनिएको छ ।
लकडाउनको उल्लङ्घन गरी अनुमति नलिई लुकीछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पु¥याउने व्यक्तिलाई समेत कारवाही गर्न पनि माग गरिएको छ । क्वारेन्टिन व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम कामपा क्षेत्रमा आवश्यक सङ्ख्यामा क्वारेन्टिन सञ्चालन र व्यवस्थापन गर्न पनि माग गरिएको छ ।
अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीको कोरोना भाइरससम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डङ्गोलले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोगजस्ता सामाजिक समस्या देखापर्ने सम्भावना देखिएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
निजामती कानुनले यो अवस्थाको परिकल्पना नगर्दा सफाइपछि झन यता न उता भए बैकुण्ठ अर्याल
कात्तिक १९, २०८१ सोमबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
टेलिकमको पाइपबाट पानी बगेपछि...
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि पाठक पोखरीमा मन्दिर निर्माण गरिँदै
कात्तिक २०, २०८१ मंगलबार
वर्षौदेखि काकाकुल छ जुम्लाको रारा गाउँ
कात्तिक २०, २०८१ मंगलबार