प्रदेश नं २ मा क्वारेन्टिनको सङ्ख्यामा वृद्धि
नेपालबहस संवाददाता
जेठ ६, २०७७ बुधबार १:१३:३
६ जेठ, जनकपुरधाम । प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट ठूलो सङ्ख्यामा भित्रिने प्रदेशवासीलाई क्वारेन्टिन गर्नका लागि थप क्वारेन्टिन निर्माण तथा क्षमतामा वृद्धि गर्नेतर्फ केन्द्रित भएको छ । यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको र भारतमा रहेका यस प्रदेशका मजदूर, अध्ययन गर्ने विद्यार्थी र व्यवसायी लगायतका व्यक्तिहरु ठूलो सङ्ख्यामा सीमावर्ती क्षेत्रमा आएको र अहिले पनि आउने क्रम जारी रहेकाले उनीहरुलाई व्यवस्थित ढङ्गले क्वारेन्टिन गर्नुपर्ने भएकाले क्वारेन्टिनको सङ्ख्यामा वृद्धि गर्नुपर्ने देखिएकाले केन्द्रित भएको हो ।
यस प्रदेशमा यतिखेर १८१ वटा क्वारेन्टिन छ । यसको क्षमता पाँच हजार ६९७ श्ययाको छ । ती क्वारेन्टिनमा अहिले तीन हजार ३६२ जना बसेका छन् । शुरुको अवधिमा चैतको दोस्रो सातामा मात्र ८६ वटा क्वारेन्टिइन थियो । समयको मागलाई ध्यानमा राखी प्रदेश सरकारको समन्वय तथा सहयोगमा स्थानीय तहरुमा क्वारेन्टिनको सङ्ख्याका साथै श्ययाको सङ्ख्यामा वृद्धि गर्दै सो सङ्ख्याको क्वारेन्टिन सञ्चालित अवस्थामा छन् ।
यस प्रदेशको १८१ वटा क्वारेन्टिनमध्ये सप्तरी जिल्लामा एक हजार ४५ श्ययाको ३६ वटा क्वारेन्टाइनमा ६९८, सिरहामा ८११ श्ययाको २४ वटा क्वारेन्टिनमा ४०३, धनुषामा ४३८ श्ययाको १७ वटा क्वारेन्टिनमा ३०७ र महोत्तरीमा ६४८ श्ययाको १९ वटा क्वारेन्टाइनमा ४२१ जना बसेका छन् । त्यस्तै, सर्लाहीमा ६४१ श्ययाको ३७ वटा क्वारेन्टिनमा २७८ जना, रौतहटमा ७९५ श्ययाको १९ वटा क्वारेन्टिनमा ४९१, बारामा ६३८ श्ययाको १७ वटा क्वारेन्टिनमा ४११ र पर्सामा ६८१ श्ययाको १९ वटा क्वारेन्टिनमा ३९३ जना बसेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार क्वारेन्टिनको निर्माण गरिरहेको भए पनि एक्कासि ठूलो सङ्ख्यामा भारतबाट भित्रिएको अवस्थामा व्यवस्थापन गर्नका लागि सीमावर्ती क्षेत्रमा गुणात्मक रुपमा क्वारेन्टिनको सङ्ख्यामा वृद्धि गर्नुपर्ने देखिएको छ ।
गर्मी र वर्षाबाट राहत हुने खालको क्वारेन्टिन स्थल हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठनले क्वारेन्टिनका लागि निर्धारित गरेका मापदण्डका आधारमा निर्माण हुनुपर्ने सम्बन्धमा प्रदेशका कतिपय बुद्धिजीवीको सुझाव रहेको छ । समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पटक–पटक क्वारेन्टिनको सम्बन्धमा गुनासाहरु आइरहेको र क्वारेन्टिनको अनुगमन गर्न गठित समितिलाई आह्वानसमेत गरेको बताउछन ।
क्वारेन्टिनमा रहेका व्यक्ति वा कोरोनाबाट सङ्क्रमणको आशङ्का देखिएमा त्यस्ता व्यक्तिलाई आइसोलेशनमा राखिने गरिन्छ । यस प्रदेशमा अहिले ४३२ श्यया आइसोलेशन रहेको छ । सोमध्ये सप्तरीमा ६७ श्ययाको आइसोलेशनमा अहिले एक, सिरहामा ४८ श्ययाको आइसोलेशनमा एक र धनुषाको ४० श्ययामा आठजना बसेका छन् । महोत्तरीको ३७, सर्लाहीमा १५ र ४६ वटा आइसोलेशन श्यया छन् । यी तीनवटै जिल्लाको आइसोलेशनमा अहिले कोही रहेका छैनन् भने मन्त्रालयले जनाएको छ । रौतहटको ५० श्ययाको आइसोलेशनमा १० र पर्साको १२९ श्ययाको आइसोलेशनमा ९६ जना बसेका छन् ।
कोरोना सङ्क्रमितको सङ्ख्या १३३ पुग्यो
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ । यसअघि, यस प्रदेशमा कोरोना सङ्क्रमित १३१ रहेकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार राति कोरोनासम्बन्धी जारी गरिएको विज्ञप्तिमा धनुषामा दुईजना सङ्क्रमित पुष्टि गरेपछि सो सङ्ख्या पुगेको हो ।
प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहले दुवै सङ्क्रमित धनुषाको नगराइन नगरपालिको गङ्गुलीस्थित प्रादेशिक क्वारेन्टिनमा रहेको जानकारी गराए । दुवै जना जनकपुर उपमहानगरपालिकाका बासिन्दा हुन् । एकजना जनकपुर–६ बस्ने ४५ वर्षीय पुरुष र अर्को जनकपुर–२१ बस्ने २१ वर्षीय युवक हुन् । दुवै जना भारतको विहार राज्यबाट जेठ १ गते सो क्वारेन्टिइनमा आएको थियो । उनीहरुको जेठ २ गते स्वाबको नमूना सङ्कलन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार