लकडाउनमा सवारी पास दुरुपयोग गर्नेलाई कारवाही
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २०:४५:२७
७ जेठ, भोजपुर । सवारी पासको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको छ ।कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको हो । अत्यावश्यक कामका लागि भन्दै सवारी पास लिएर दुरुपयोग भएको जनगुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
कार्यालयका अनुसार दैनिक उपभोग्य वस्तु ढुवानीका साधन, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन, बैंक तथा सरकारी काममा प्रयोग हुनेलगायतका सवारी साधनलाई पास दिएको भए पनि कतिपयले पासको दुरुपयोग गरेको गुनासो आएसँगै वितरणमा कडाइ गर्दै कारवाहीको प्रक्रिया थालिएको छ ।
पासको दुरुपयोग गर्ने तथा बिनापास सवारी चलाउनेलाई प्रहरीले कानूनी कारवाहीको दायरामा ल्याउन थालेको छ । छड्के अनुगमनका क्रममा बिनापास सञ्चालन भइरहेका तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अति आवश्यकबाहेक अन्य सबै सवारी साधनलाई पूर्णरुपमा बन्देज गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।
उनले भने “निर्माण कार्यसँगै अन्य अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा कडाइ गरेका छौँ, बिनापास सवारी चलाएको तथा पास भएकाले पनि गलत प्रयोग गरेको जनगुनासो बढेपछि निगरानी बढाएर कारवाहीको दायरामा ल्याएका छौँ ।” प्रशासनले अत्यावश्यक काममा प्रयोग हुने ६४ वटा सवारी साधनलाई मात्र पास वितरण गरेको छ ।
पत्रकारसहित ६७ जनाको स्वाब सङ्कलन
पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा भोजपुरमा ६७ जनाको स्वाब सङ्कलन गरिएको छ ।वशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कर्मचारीलगायतको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको हो ।
जिल्लामा कोरोना सङ्क्रमण देखिएका युवा निको भएर घर फर्किसकेका छन् । त्यसपछि परीक्षण गरिएका सबैको रिपार्ट नेगेटिभ आइरहेको छ । तर पनि पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना सङ्क्रमित बढ्दै गएपछि बढी जनसम्पर्कमा रहने ६७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । उनले भने, “यहाँ एकजनामा सङ्क्रमण देखिएको भए पनि उनी निको भइसकेका छन्, पछिल्लो समयमा गरिएका सबै रिपोर्ट नेगेटिभ आइरहेका छन्, तर पनि देशमा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले बढी मात्रामा जनसम्पर्कमा रहनेको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएका छौँ ।”
जिल्लामा सङ्क्रमितको सङ्ख्या नदेखिए पनि उच्च सतर्कताका साथ परीक्षण भइरहेको स्वास्थ्य प्रमुख फणीन्द्र थापाले बताए । विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरी क्वारेन्टिन तथा होम क्वारेन्टिनमा रहेका मानिसको १४ दिनपछि आरडिटी परीक्षण भइरहेको उनको भनाइ छ । प्रमुख थापाले भने, “क्वारेन्टिनमा रहेकाको आरडिटी परीक्षण गरिहेका छौँ त्यसका अलवा धेरै जनसम्पर्कमा रहने मानिसको स्वाब सङ्कलन गरेर पठाएका छौँ, यसको नतिजा आएपछि परीक्षणको दायरालाई झन बढाउने उद्देश्य छ ।”
जिल्लामा मङ्गलबारसम्म ६३८ जनाको आरडीटी, ९२ जनाको स्वाब सङ्कलन गरिएकामा २५ जनाको रिपोर्ट आएको छ भने आज स्वाब सङ्कलन गरिएको ६७ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा ५२५ क्वारेन्टिन र १३ आइसोलेशन वार्ड निर्माण गरिएको छ । क्वारेन्टिनमा ९६ र होम क्वारेन्टिन १६३ जनालाई राखिएको बताइएको
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार